इलाम । पुर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नाममा विवाद गर्नुकाे औचित्य नरहेको बताउनुभएको छ ।
इलाम प्रतिनिधिसभा क्षेत्र न २ को इलाम चोक बजारमा आयोजित विजय सभालाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ओलीले कोशी नाम सबैलाई समेट्ने नाम भएकाले बिबाद नगर्न आग्रह गर्नुभयो ।
ओलीले हामी सबैको पहिलो पहिचान नेपाल र नेपाली रहेको बताउँदै कोशी प्रदेशको नामका विषयमा भएको आन्दोलन र विवाद आवश्यक नभएको बताउनुभयो ।
यस्तै ओलीले सुहाङ नेम्बाङलाई जिताउने इलामका मतदातालाई धन्यवाद समेत व्यक्त गर्नुभयो।
यस्तै इलाम क्षेत्र नम्बर २ मा नव निर्वाचित प्रतिनिधि सभा सांसद सुहाङ नेम्वाङले आफूले इमान्दार र निष्ठापूर्वक काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।
आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै मंगलबार उहाँले इलामेली जनताको शिर झुक्न नदिने गरी इमान्दार र निष्ठापूर्वक जनताको सेवा गर्ने बताउनुभयो ।
सांसद नेम्वाङले आफ्नो बुबाले देखाउनुभएको बाटोलाई समाएर आममतदाताको एक(एक मतको मूल्यांकन हुने गरी काम गर्ने समेत बताउनुभएको छ ।
शनिबार सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर– २ मा एमाले उम्मेदवार सुहाङले २७ हजार सात सय ७२ मतका साथ विजयी हुनुभएको हो । सो निर्वाचनको अन्तिम परणाम आज विहान मात्र आएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभएको थियो ।
एमाले उपाध्यक्ष सुवास नेम्वाङको गत भदौमा निधन पछि भएको उपनिर्वाचनमा एमालेले उहाँका पुत्र सुहाङलाई उम्मेदवार बनाएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच