जुम्लामा सेनाको हेलिकोप्टरमार्फत् मतपत्र ल्याइँदै

हिमालय टाइम्स
Read Time = 2 mins

जुम्ला । जुम्लामा नेपाली सेनाको हेलिकोप्टरमार्फत् मतपत्र ल्याउन थालिएको छ । जुम्लाका लागि निर्वाचन आयोगले हेलिकोप्टरबाट मतपत्र सुर्खेतबाट जुम्ला ओसार्न थालेको हो ।

सेना नन्दबक्सगणका गणपति रविन थापाका अनुसार बुधबार दुई पटक सेनाको हेलिकोप्टरले मतपत्र ल्याइएको छ । कर्णाली राजमार्गबाट ठूला गाडी आउन नसकेकाले मतपत्र हेलिकोप्टरमार्फत् ल्याउन थालिएको हो ।

काठमाडौंबाट सुर्खेत गाडीमा मतपत्र पुगेको हो भने त्यहाँबाट जुम्ला ओसार्ने काम हेलिकोप्टरमार्फत् भइरहेको छ ।

स्थानीय तहको निर्वाचनमा ट्रकमार्फत् मतपत्र ल्याइएको थियो ।

जुम्लाका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार सुर्खेतबाट हेलिकोप्टरमा समानुपातिक तर्फको एक लाख ५१ हजार मतपत्र जुम्ला आइपुगेको छ । उहाँले प्रतिनिधिसभा समानुपातिकतर्फ ७७ हजार र प्रदेशसभा समानुपातिक तर्फ ७४ हजार मतपत्र जुम्ला ल्याइएको बताउनुभयो। अब समानुपातिकको चार हजार मतपत्र आउन बाँकी छ । उहाँका अनुसार बाँकी मतपत्र आज ल्याइने छ ।

जुम्लामा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि ७६ हजार मतपत्र र प्रदेशसभा ‘क’ का लागि आवश्यक ४१ हजार तथा प्रदेशसभा ‘ख’ का लागि ३६ हजार मतपत्र माग गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?