हुम्लाका चार उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च

दाने बोहरा हुम्ला, संवाददाता
दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका चार जना उम्मेदवारले अझै निर्वाचन खर्च बुझाउन सकेका छैनन् ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा हुम्लाबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १३ जनाले उम्मेदवारी दिएका थिए । यी मध्ये उम्मेदवार बनेका हुम्लाका ९ जना उम्मेदवारले निर्वाचन खर्च बुझाएका छन् भने बाँकी चार जनाले बुझाउन सकेका छैनन् ।

निर्वाचन खर्च नबुझाउनेमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित छिरिङ डम्डुल लामा (कार्चेन) ले भने अझै खर्चको विवरण बुझाउनु भएकाे छैन । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारमध्ये तेजबहादुर रावत (राप्रपा) र दल रावल (नेकपा एमाले)ले खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जानकारी दिएको छ ।

यस्तै प्रदेशसभा सदस्य पदका ‘क’ बाट उम्मेदवार बन्नुभएकाे दल फडेरा (एमाले), मंगलबहादुर शाही (स्वतन्त्र) र रणसिंह परियार (माओवादी केन्द्र)ले भने खर्च विवरण बुझाउनु भएकाे छैन । परियार निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । प्रदेश सभा ‘क’मा पाँच जनाले उम्मेदवारी दिएकोमा छापे ऐडी (राप्रपा) र हस्तबहादुर शाही नेकपा (एकीकृत समाजवादी)ले खर्च विवरण बुझाएको निर्वाचन कार्यालय हुम्लाले बताएको छ ।

त्यस्तै, प्रदेश सभा ‘ख’मा पाँचै जना उम्मेदवारले खर्च विवरण बुझाएको कार्यालयले जनाएको छ । खर्च विवरण बुझाउनेमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही (कांग्रेस), सुमन रावत (राप्रपा नेपाल), बलीराज शाही (जनता समाजवादी), नैनसिंह रावत (राप्रपा) र छक्कबहादुर लामा (एमाले)का उम्मेदवार रहेका छन् । हालसम्म ९ जना उम्मेदवारले चुनावी खर्चको विवरण पेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
राशिफल २३ जेठ, मेष : समूहगत कार्यमा सफलता मिल्ने, कन्या : दैनिक… कहिले भित्रिएला नेपालमा मनसुन ? १६ औं राष्ट्रपति रनिङ शिल्डमा वागमती च्याम्पियन आठ विश्वविद्यालयका उपकुलपति छनोटकाे सर्ट लिस्ट सार्वजनिक भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि… मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः सभापति लामिछाने बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप रास्वपा सभापति लामिछाने भारत भ्रमण सकेर स्वदेश फर्किए