सिमकोट गाउँपालिकाले सार्वजनिक जग्गाको लगत कट्टा गर्ने

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका चलन चल्तीमा आएका बाटो, सडक र सार्वजनिक जग्गाको लगत कट्टा गर्ने भएको छ ।

सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)को अध्यक्षतामा बसेको बैठकले दुई वटा निर्णय गरेको छ । जसमा गाउँपालिका र मालपोत कार्यालयको सहकार्यमा सिमकोट क्षेत्र भित्रका सार्वजनिक जग्गाहरुको विवरण तयार गर्ने र साथै गाउँपालिकाले आफ्नो क्षेत्रभित्रमा रहेका सार्वजनिक जग्गाको लगत कट्टा गर्ने निर्णय गरेकाे हाे ।

यसको आवश्यक सहजीकरण जिल्ला प्रशासन कार्यालय हुम्लाले गर्ने भएको छ । प्राविधिक सहजीकरण मालपोत कार्यालय र नापी कार्यालयले गर्ने भएको सिमकोट गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । आवश्यक सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट सहयोग लिने निर्णय गरिएको उहाँले बताउनुभयाे ।

यस्तै, गाँउपालिका क्षेत्र भित्र रहेका सडकहरुको स्तरउन्नती हुने भएको छ । सडक तलमाथि रहेका घरहरुले अनिवार्य रुपमा सात मिटरको जग्गा खाली गर्न गाउँपालिकाले अनुरोध गरेको छ । सिमकोट बजारको जिल्ला अस्पतालको मुलद्वारदेखि मानसरोवर विद्यालयसम्म सडकको चौडाइ र मर्मत गर्ने भएको छ । त्यस्तै बाजारमा रहेका गल्ली भित्रका रोडको पनि मर्मत हुने भएको छ । कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष भण्डारी, प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल, गाउँपालिका उपाध्यक्ष शुसिला रोकाया (भाम), प्रमुख प्रशासकिय अधिकृत शुवास आले, जिल्ला स्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न वडाका वडाध्यक्षलगायत सञ्चारकर्मीको सहभागिता रहेको थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?