‘इण्डो इन्टरनेशनल फेसन कार्निभल’ मा सहभागी हुँदै ‘मिस एण्ड मिसेस स्टार युनिभर्स

Read Time = 2 mins

काठमाडौं । दुवईमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम ‘इण्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्ड २०२३’ मा नेपालका तर्फबाट विभिन्न पाँच व्यक्ति सहभागी हुने भएका छन् । अवार्डमा निर्णायक, प्रतियोगी र नोमिनिज गरेर तीन विधाका लागि पाँच व्यक्ति सहभागी हुन लागेका हुन् ।

प्रतियोगितामा ‘मिस स्टार युनिभर्स नेपाल २०२३’ सृष्टि महर्जन र ‘मिसेस स्टार युनिभर्स नेपाल २०२३’ जोया बुढाथोकी अवार्डमा प्रतियोगीका रूपमा सहभागी हुनुहुने भएको छ भने फेसन मेकअप आर्टिस रश्मी श्रेष्ठ र व्यवसायी परिन्दा श्रेष्ठ ‘परी’ अवार्डको नोमिनिजका रूपमा सहभागी हुनुहुनेछ ।

त्यस्तै, ग्रिन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ निर्णायकका रूपमा सहभागी हुनुहुने भएको छ ।
असार २० (५जुलाई) मा आयोजना हुने उक्त अवार्डमा सबै व्यक्ति ग्रिन आर्ट मिडियाका तर्फबाट सहभागी हुन लागेका हुन् । अवार्डमा दुई दर्जन बढी देशका प्रतिनिधिको सहभागिता रहनेछ ।

मिडियाले शुक्रबार बत्तिसपुतलीस्थित स्ट्याण्ड लञ्च एण्ड बारमा आयोजित एक कार्यक्रमबीच दुवईको कार्यक्रम र सहभागीका बारेमा जानकारी गराएको हो ।

कार्यक्रममा मिडियाले जोया बुढाथोकीलाई ‘मिसेस स्टार युनिभर्स नेपाल २०२३’ र सृष्टि महर्जनलाई ‘मिस स्टार युनिभर्स नेपाल २०२३’को ताजसहित प्रतियोगितामा सफलताका लागि शुभकामना दिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?