काठमाडौं । चलचित्र ‘बोक्सीको घर’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदशर्न अन्तर्गत आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘बोक्सीको घर’ प्रदर्शनमा आएको हो । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यो चलचित्रालाई उच्च शो दिएको छ । काठमाडौं उपत्यकामा २४ र बाहिर ३२ सहित देशभरका आफ्ना आउटलेटमा क्यूएफएक्सले ५६ शो प्रदान गरेको छ ।
अन्य सिनेमाघरले पनि ‘बोक्सीको घर’लाई उच्च शो प्रदान गरेका छन् । चलचित्रलाई लेखक तथा निर्देशक सुलक्षण भारती हुनुहुन्छ । केकी अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको यो चलचित्र नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी छ । चलचित्रमा केकी अधिकारी, सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सविन बास्तोलालगायतको अभिनय छ । चलचित्रमा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेनुभएको छ भने राज घिमिरे कार्यकारी निर्माता हुनुहुन्छ ।
यो चलचित्रको बुधवार काठमाडौंमा एक कार्यक्रमबीच प्रिमियर शो गरिएको थियो । प्रिमियरमा चलचित्रले राम्रो प्रतिक्रिया पाएको थियो । कार्यक्रमपछि बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ‘माइण्ड ब्लोइङ’रहेको प्रतिक्रिया दिनुभयो । उहाँले चलचित्र चुनौतीपूर्ण विषयमा बनेको बताउनुभएको थियो । उहाँले आजको दिनमा यस विषयमा चलचित्र निर्माण गर्नु नै चुनौतीको विषय भएको जिकिर गर्नुभएको थियो ।
भर्खरै स्कुल पढ्दै गरेकी नाबालिकाको विवाह आफूभन्दा २४ वर्ष जेठो पुरुषसँग भएपछि उसले अन्धविश्वासका कारण समाजबाटै भोगेको हिंसाको कथा चलचित्रमा देखाइएको छ । समाजमा बोक्सी भनेर लगाइने आरोप र त्यसकै आधारमा महिलामाथि हुने अन्यायलाई चलचित्रमा मुख्य कथावस्तु बनाइएको छ । अन्धविश्वासका कारण समाज कतिसम्म क्रुर बन्नसक्छ भन्ने तथ्यलाई समेत कलात्मक ढंगले चलचित्रमा देखाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच