काठमाडौं । सफल कलाकार बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर बनाउन खोज्दै हुनुहुनछ, आरके शाही । सिन्धुली कमलामाई नगरपालिका-५ मा जन्मिनुभएका उहाँले हाल काठमाडौंलाई कर्मथलो बनाउनुभएको छ । म्युजिक भिडियोमार्फत आफ्नो तन-मन भित्रको कलाकारितालाई पोखिरहनुभएका शाहीले प्रमोद खरेल, शान्तिश्री परियार जस्ता नाम चलेका सुप्रसिद्ध गायक-गायिकाको स्वर रहेका गीतमा काम गरिसक्नुभएको छ । लामो समय सांगीतिक क्षेत्रकी हटकेक बन्नुभएकी मोडल अञ्जलि अधिकारीसँग नै पहिलो पटक शाहीले स्क्रिन शेयर गर्नुभएको थियो ।
शाही सानैदेखि नाच्न र अभिनय गर्न भनेपछि भुतुक्कै हुन्नुहुन्थ्यो । राजेश हमाल, रमेश उप्रेती, शिव श्रेष्ठ लगायतका नायकले चलचित्रमा बोल्ने ‘डायलग’लाई बारम्बार सुन्नुहुन्थ्यो । आफूले पनि त्यस्तै गर्ने प्रयास गर्नुहुन्थ्यो । व्यक्तिगत र पारिवारिक कारणले कलाकारिता क्षेत्रमा आउन ढिला भएको उहाँको बुझाइ छ ।
शाहीले आधा दर्जन जति गीतका भिडियोमा अभिनय गरिसक्नुभएको छ । प्रमोद खरेलको स्वरमा रहेको गीत ‘तिमीले मलाई पराई सोचे नि’ शाहीको करिअरको दोस्रो गीत थियो । गीतमा स्नेहा जोशी, शिशिर बुढाथोकी र दुर्गा बिरहीसँगै आरकेले अभिनय गर्नुभएको थियो । उहाँको पहिलो गीत ‘जुरेली टुप्पैमा’ रहेको थियो ।
उहाँले जनक लामा, उमेश श्रेष्ठ र सलिना मोक्तानको स्वर रहेको गीत ‘जिन्दगी बगेको खोला हो’मा काम गर्नुभयोे । शिशिर बुढाथोकीले नै निर्दैशन गरेको यस भिडियोमा भावना क्षेत्रीसँग उहाँले आफ्नो कला कौशल देखाउनुभएको थियो । सांगीतिक यात्राकै क्रममा विशााल निरौलाको स्वर रहेको ‘हाँसोको पात्रो’ मा पनि काम गर्ने अवसर पाउनुभयो । जिबी अगरी को निर्देशनमा तयार भएको यस भिडियोमा लोकप्रिय अभिनेत्री तथा मोडल अनु शाहको साथमा आरकेलाई देख्न सकिन्छ । ‘मेरो साथी कलौटे’ उहाँले अभिनय गरेको पछिल्लो म्युजिक भिडियो हो । दुर्गा विरहीको शब्द, संगीत र स्वरसमेत रहेको यस गीतको भिडियोमा ‘कलौटे’ नामले चिनिएका तेजेन्द्र परियार र सरिश्मा मगरले उहाँलाई अभिनयमा साथ दिनुभएको छ । अभिनेत्री शिल्पा पोखरेलसँग अनस्क्रिन शेयर गरेको ‘पिपलपाते ओठ’ आउँदै गरको उहाँले बताउनुभयो ।
उहाँ एक व्यवसायी पनि हुनुहुन्छ । व्यवसायलाई उहाँले कलालाई नै जोडनुभएको छ । राजधानीको कोटेश्वरमा ‘चिनो रोधी’ घर सञ्चालन गर्दै आउनुभएका उहाँ कमलामाई गेष्ट हाउस र सिन्धुलीगढी खाजा घर सञ्चालन गरेर थुप्रैलाई रोजगारी पनि दिनुभएको छ । आफ्नो अभिनय, नृत्य र कलालाई अझै निखारता ल्याउँदै मोडलिङ तथा कलाक्षेत्रमा स्थापित हुने उहाँको चाह छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच