आप्रवासी परिवारलाई बित्तीय साक्षरता कक्षा सञ्चालन

हिमालय टाइम्स
Read Time = 5 mins

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा आप्रवासी परिवारलाई सहभागी गराएर २४ हप्ताको बित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ । नेपाल सरकार र स्वीस सरकारबीचको दुई पक्षीय सम्झौताअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गाउँपालिकाको नेतृत्वमा डिप्रोक्स नेपाल र मानसिक स्वास्थ परामर्श केन्द्र (सिएमसी नेपाल)को प्राबिधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना ९सामी० अन्तर्गत वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको हो ।

बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उदेश्यले वैदेसिक रोजगारीमा रहेका, वैदेशिक रोजगारीमा गएर आएका र बैदेशिक रोजगारमा जान लागेका व्यक्तिका परिवारका सदस्यलाई सहभागी गराएर बित्तीय साक्षरता कक्षाका साथमा मनोसामजिक परामर्श कक्षा सञ्चालन गरिएको केपिलासगढी गाउँपालिकास्थित सामीको परियोजना संयोजक एबं मनोसामाजिक परामर्शकर्ता सिर्जना निरौलाले बताउनुभयो ।

सामीले वैदेशिक रोजगारमा संलग्न केपिलासगढी गाउँपालिका-१ फेदीका चार समुहमा आवद्ध सय जना र केपिलासगढी गाउँपालिका-४ बाक्सिलाका चार समुहमा आवद्ध सय जनालाई सहभागी गराएर बित्तीय साक्षरता कक्षा तथा मनोसामजिक परामर्श कक्षा सञ्चालन गरेको जनाएको छ ।

गाउँपालिकाका सबै सात वडामा परियोजनाले काम गरिरहेको भए पनि हालसम्म दुई वडामा मात्र वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरिएको हो । ‘वैदेशिक रोजगारीबाट आएको पैसालाई सही ठाउँमा सदुपयोग गर्ने, पैसाले पैसा कमाउन सिकाउने, आम्दानी र खर्चको लेखाजोखा राख्ने, अनावश्यक खर्च कम गर्ने, बचत गर्ने बानीको विकास गर्ने, व्यवस्थित परिवार निर्माण गरि भबिष्यमा खुसी र सुखी रहन प्रोत्साहित गर्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको हो,’ निरौलाले भन्नुभयो, ‘यस्तै वैदेशिक रोजगारीका कारणले निम्तिएका घरेलु हिंसा न्यून गर्ने, बालबालिकाको भबिष्यबारे सचेत गराउने, महिलामाथि हुने लाञ्छना र भेदभाव अन्त्य गर्ने, परिवार व्यवस्थापनलगायतका सेसन समेटिएको कक्षा सञ्चालन गरिएको छ ।’

देखिँदै तालिमको प्रभाव
बित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षाको २४ हप्ता पुरा गरेका अधिकांश सहभागीको दिनचर्यमा परिवर्तन देखिन थालेका छन् । पहिला अरुको घरमा सागसव्जी मागेर वा किनेर खाने स्थानीय तालिममा सहभागी भएपछि आफै तरकारी खेती गर्न थालेका छन् ।

कतिपयले आफुले उत्पादन गरेका तरकारी बिक्री गरेर आम्दानी लिन थालेका छन् । गाउँघरमा बिदेशबाट हात परेको पैसालाई बैंक तथा वित्तीय संस्थामा बचत गर्ने बानीको बिकास भएको छ । श्रीमानले विदेशमा दुःख गरेर पठाएको पैसालाई घर सम्हालेर बसेकी श्रीमतीले सानातिना ब्याबसायमा लगानी गर्न थालेका छन् । ‘कतिपयले बाख्रा र बंगुर पालन गर्न थालेका छन् । दैनिक खर्च र आम्दानीको हिसाव राख्न थालेका छन्,’ निरौलाले भनिन्, ‘खर्चलाई कम गरी आम्दानी बढाउन थालेका छन् । आफै आत्मनिर्भर बन्ने साहस गर्न थालेका छन् ।’

२२ जनालाई प्लाष्टिक टनेल

तालिममा सहभागीमध्ये रेमीट्यान्सलाई सदुपयोग गर्दै आम्दानीमुलक काम गरिरहेका २२ जनालाई प्लाष्टिक टनेल वितरण गरिएको छ । उनीहरुको जिवीकोपार्जन र व्यवसायीक विकासका लागि सघाउ पु¥याउन हौसला स्वरुप प्लाष्टिक टनेल प्रदान गरिएको हो । उनीहरुलाई शुक्रबार गाउँपालिका उपाध्यक्ष गुरुराज राईले प्लाष्टिक टनेल हस्तान्तरण गरेका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?