बाजुरामा गठबन्धनको आधिकारिक उम्मेदवारमा अन्याेल, कांग्रेस र एकीकृत समाजवादीको माओवादीलाई छैन समर्थन

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 6 mins

बाजुरा । चुनाव आउन अब करिब केही दिन मात्रै बाँकी छ । चुनाव प्रचारप्रचार गर्ने अब ३ दिन मात्रै बाँकी छ ।

यतिबेला राजनीतिक दलका नेता कार्यकर्ता चुनावी प्रचारप्रसार अभियानमा तिब्र गतिमा गरिरहेका छन् । देश भर पाँच दलिय गठबन्धन भइरहँदा बाजुरामा तीन दलिय गठबन्धन छ । बाजुरामा नेपाली कांग्रेस, र नेकपा एकीकृत समाजवादी पार्टी मिलेपनि नेकपा माओवादीलाई गठबन्धन भित्रकै यी दुइ पार्टीले असमर्थन गरेका छन् ।

प्रदेश ¬(क) मा कांग्रेस र माओवादी एक भएर चुनावी प्रचारप्रसारमा होमिएका भएपनि प्रदेश (क) को गबन्धन बाट उम्मेदवार टुङ्गो नलगाएर नेपाली कांग्रेसले एकीकृत समाजवादीको उम्मेदवारलाई सघाएको छ । बाजुरामा कांग्रेसले उम्मेदवारी दर्तामा कर्ण बहादुर बिक (केशव) लाई साथ दिएको थियो । तर अहिले चुनावी प्रचारप्रसारमा नरेशबहादुर शाहीलाई साथ दिएपछि माओवादी एक्लो भएको हो ।

माओवादीका एक नेताका अनुसार अब एक्लै चुनावी मैदानमा जाने निश्चित भएको छ । उहाँले भन्नुभयो–संघमा कांग्रेसलाई मत हाल्नुपर्छ भन्ने छैन्, हामीले कसलाई सहयोग गर्ने भन्ने निर्णय हुँने, उहाँले बताउनुभयो । उहाँका अनुसार नभए संघमा मतदातालाई स्ववीवेक निर्णय गर्न लगाउने बताउनुभयो । कांग्रेस, एमाले तथा स्वतन्त्रलाई आफ्नो तरिकाले मत हाल्न सक्ने बताउँदै माओवादीले कांग्रेसलाई अनिवार्य भोट हाल्नुपर्छ भन्ने बाध्यता नगर्ने उहाँले बताउनुभयो ।

नेपाली कांगे्रस बाजुराले उम्मेदवारी दर्ताको दिन बाजुरा प्रदेश (क) मा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार कर्ण बहादुर बिक (केशव) रहेको भन्दै सामाजिक सञ्जालमा तस्बीर सार्वजनिक गर्नुपनि भयो । कर्णबहादुर बिकको उम्मेदवारी दर्तामा कांग्रेसले साथ दिए, सार्वजनिक रुपमा गठबन्धनको उम्मेदवार प्रदेश (क) मा कर्ण बिक रहेको पार्टीका नेता कार्यकर्ताले प्रचार प्रसार गरे ।
उम्मेदवारी दर्ताको अन्तिम समयमा प्रदेश (क) मा नेकपा एकिकृत समाजवादीका नरेश शाहीले समाजवादी पार्टीबाट उम्मेदवारी दर्ता गराउनुभयो । शाहीको उम्मेदवारी दर्ता भएको केही दिन सम्म गठबन्धनका उम्मेदवार बिक कांग्रेसले भनिरहँदा त्यो धेरै समय टिकेन । उम्मेदवारी दर्तामा कर्ण बिकलाई साथ दिएको कांग्रेस अहिले चुनावी प्रचारप्रसारमा नरेशबहादुर शाहीलाइ सहयोग गरेको छ । शाहीको चुनावी सभामा बाजुरामा अहिले कांग्रेसले सघाइरहेको छ ।

कांग्रेस बाजुराका सचिब भरत बहादुर रोकायाले बाजुरा कांग्रेसले नरेश शाहीलाई समर्थन गरिसकेको जानकारी दिनुभयो । चारवटा स्थानिय तह तथा प्रदेश (क) बाट कांग्रेस नेता तथा कार्यकर्ताले नरेश शाहीलाई उम्मेदवारी अगाडी सार्नुपर्ने दबाफ दिएपछि कांग्रेस बाजुराले नरेश बहादुर शाहीलाइ समर्थन गरेको सचिब रोकायाले जानकारी दिनुभयो । केन्द्र बाट भने बाजुराको प्रदेश (क) मा गठबन्धनको उम्मेदवार कर्ण बहादुर बिक कि नरेश बहादुर शाही भन्नेमा कुनै निर्णय आउन सकेको छैन् । माओवादीका उम्मेदवार कर्ण बहादुर बिकले अहिले आफुहरु माओवादी केन्द्रको मात्र प्रचारप्रसारमा रहेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रबाट गठबन्धनको आधिकारीक उम्मेदवार कर्ण बहादुर बिक आफु रहेको दाबि गरिरहनु भएको छ, भने नेकपा एकिकृत समाजवादीका नरेश बहादुर शाहीको आफु रहेको दाबि गरिरहनु भएको छ । गठबन्धनको पहिलो चरण केन्द्रमा भएको सहमतिको लिष्टमा बाजुरा प्रदेश (क) माओवादीको भागमा रहेको सार्वजनिक भएको थियो । उम्मेदवारी दर्ताको अन्तिम समयमा समाजवादीका नरेश बहादुर शाहीको नाममा पार्टीले टिकट दिएको थियो । कर्ण बहादुर बिकको नाम भने माओवादीले पहिला नै फिक्स गरिसकेको थियो । नेकपा एमाले बाट प्रदेश (क) बाट बल्देब रेग्मीले उम्मेदवारी दिनुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?