-राजेन्द्र गौतम
चुलाचुली, इलाम । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वैशाख १५ गते इलाम क्षेत्र नम्बर-२ रुख चिह्नमय भएर ब्युँझने बताउनु भएको छ।
मंगलबार इलामको चुलाचुलीस्थित आइतबरेमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले इलाम क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेदवार डम्बर खड्काको जीत सुनिश्चित भएको दाबी समेत गर्नुभयो ।
'इलाम क्षेत्र नम्बर-२ का मतदाता विकासप्रेमी उम्मेदवार डम्बर खड्कालाई जिताउन वैशाख १५ को व्यग्र प्रतीक्षामा हुनुहुन्छ' इलाम २ उपनिर्वाचन केन्द्रीय समन्वय समितिका संयोजक समेत रहनु भएका उहाँले भन्नुभयो, 'पार्टी पुरै एकढिक्का भएर उभिएको छ, अहिले पार्टी भित्रका सबै बैचारिक समूह एकताबद्ध छन्, परिणाम कांग्रेसको पक्षमा आउँछ ।' उहाँले डम्बर खड्काको विजयले मात्रै इलाम २ को विकास सम्भव हुने बताउनु भयो ।
'तपाईंहरु विकास गर्ने आधार तयार गरिदिनुस्, डम्बर खड्कालाई जिताएर विकासको फायल बोकाएर पठाउनुस्' उहाँले भन्नुभयो, ' इलाम २ को विकासका लागि सिंहदरबारमा लड्न हामी तयार छौँ ।' महामन्त्री शर्माले यहाँको विकासको आधार तयार गर्ने अधिकार इलाम २ का मतदाताको हातमा रहेको बताउनु भयो।
सहकारी ठगीको आरोपमा संसदीय छानबिन समिति बनाउन नमान्ने र दुई महिनादेखि हराइरहेका निर्भिक तामाङको खोजी गर्न नसक्ने गृहमन्त्री रवि लामिछाने नेतृत्वको पार्टीलाई मत दिएर केही पनि नहुने उहाँको तर्क छ ।
धरानबाट दुई महिना अघि इलाम आएका निर्भिक हराएको र गृहमन्त्री लामिछानेले पटकपटक इलाम आउँदा पनि उनको खोजीमा चासो नराखेकोतर्फ उहाँकाे भनाइ लक्षित थियो ।
'कसैले कसैसँग टेलिफोनमा पैसा मागेको आरोप लाग्दा सांसद बर्खास्त गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने आफूमाथि सहकारी ठगीका दर्जनौं प्रमाण हुँदा समेत थाहा छैन भनेर बस्नु भएको छ' महामन्त्री शर्माले भन्नुभयो,'फोन रेकर्डको आधारमा सांसद बर्खास्त गर्ने व्यक्ति आफूलाई दर्जनौं आरोप लाग्दा थाहा छैन भनेर पन्छनु हुन्छ, यस्तो सभापति भएको पार्टीलाई कसरी भोट दिनुहुन्छ ? उहाँको पार्टीलाई भोट दिने आधार नै छैन ।'
राष्ट्रिय स्वतन्त्र पार्टीले संघीयता उपर हाकाहाकी ठगी गरेको शर्माको टिप्पणी छ । 'उहाँहरु संघमा उम्मेदवार दिनुहुन्छ तर प्रदेशमा दिनुहुन्न' शर्माले भन्नुभयो, 'वैशाख १५ गते नै बझाङमा पनि प्रदेशसभाको निर्वाचन हुँदैछ, त्यहाँ रास्वपाको उम्मेदवार नै छैन, यो रास्वपाले संघीयताको हकमा गरेको हाकाहाकी ठगीको प्रमाण हो ।' संघीयता, सहकारीका क्षेत्रमा गरिएका कर्मले पनि रास्वपाको परिचय झल्केको शर्माले बताउनुभयो।
गत निर्वाचनमा पनि नेकपा माओवादी केन्दमा आस्था राख्ने नेता, कार्यकर्ता कांग्रेसलाई भोट हालेकाले यसपटक पनि रुख चिन्हना मतदान गर्न अफ्ठ्याराे नभएको उहाँको तर्क थियाे ।
नेपाली कांग्रेस र कांग्रेसका उम्मेदवार डम्बर खड्का पहिचानको पक्षमा उभिएकाले पहिचान पक्षधर नेता कार्यकर्ताले पनि रुखमा भोट हाल्न हिच्किचाउनु नपर्ने शर्माले बताउनु भयो । इलाम २ का अधिकांश मतदाता त्यही मनोविज्ञानमा रहेको उहाँको जिकिर थियाे ।
उहाँले इलाम-२ मा कांग्रेस र नेकपा एमालेका उम्मेदवार बीच चुनावी प्रतिस्पर्धा हुने बताउनुभयो। पहिचानवादी तेस्रो शक्ति बन्ने सम्भावना रहेको बताउनु भएका शर्माले रास्वपालगायत अन्य शक्तिको विषयमा टिप्पणी नै गर्नुभएन। शर्माले नाम नै नलिई नयाँ दललाई मत दिनु अघि गम्भीरतापूर्वक सोच्न मतदालालाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा कांग्रेस उम्मेदवार डम्बर खड्का, इलाम कांग्रेसका नेताद्वय भेषराज आचार्य र केशव थापाले बोल्नु भएको थियो । छिमेकी जिल्ला झापा र मोरङबाट पनि कांग्रेस नेताकार्यकर्ताको सभामा बाक्लो उपस्थिति थियोे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच