पोखरा विमानस्थलबाट आज पहिलो पटक ब्यावसायिक उडान हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

पोखरा । आजबाट पोखरामा पहिलो पटक ब्यावसायिक उडान सुरु हुनेछ ।

विमानस्थलका अनुसार शनिबार बिहान ६ः४५ बजे रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ ।

दोस्रो अन्तर्राष्ट्रिय उडानको रूपमा भुटानको अफिसियल एअरलाइन्स ड्रुक एयर पोखरामा अवतरण गरी भोली नै भुटान, थिम्पुका लागि उडान भर्नेछ । पोखरामा अवतरण गर्दा चालक दलका तीनजना सदस्य मात्र हुने छन् ।

जसअनुसार पोखराबाटै अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो विमानसमेत बन्ने छ । यसअघि पोखरामा सिचुवान एयरलाइन्सको एयरबस–३१९ पोखरामा अवतरण गरेको थियो ।

सो अन्तर्राष्ट्रिय विमानस्थलमा गत असार ६ गते चीनको छेङ्दु तियान्फु विमानस्थलबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित आएको सो बिमानमा चीनबाट केही नेपालीसहित पोखरामा त्यो बेला सम्पन्न हुन गईरहेको ड्रागन बोट रेस फेस्टिभलका खेलाडी बोकेर आएको थियो । तर, चीनबाट चार्टर्ड गरेर आएको सो विमान भने रित्तै फर्किएको थियो ।

नागरिक उडड्यन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय प्रमुख देवचन्द्र लाल कर्णले भुटानी एअरलाइन्स ड्रुकले भने पोखराबाटै यात्रुहरू लिएर भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भर्ने छ ।

विमानस्थलले अन्तर्राष्ट्रिय उडानबाट ४२ जना यात्रु लिएर उडान भर्ने भएकाले पहिलोपटक आम्दानीसमेत गर्ने छ । सञ्चालनमा आएको करिब ८ महिनापछि अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले पहिलोपटक आम्दानी गर्न लागेको हो, जुन एक लाख २६ हजार हुने कर्णले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?