रुपन्देही । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका पार्टीहरु उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको बताउनु भएको छ ।
उहाँले ठूलो त्याग र वलिदानले ल्याएको गणतन्त्र लोकतन्त्रलाई बचाउन नसक्दा देशमा अस्थिरता र भ्रष्टाचार बढ्दै गएको भन्दै राजनीतिक दलहरुकै कारण देश र जनताको अवस्था निकै गम्भीर अवस्थामा पुगेको बताउनु भयो।
रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आज गरेको साक्षात्कार कार्यक्रममा डाक्टर भट्टराईले यस्तो बताउनु भएको हो।
उहाँले देशमा अहिले चरम बेरोजगारी, बेथिति र उद्योग व्यवसायहरु धरासायी बन्दै गएकोप्रति वर्तमान सरकारले ध्यान नदिएको, सरकारले उठाएका ठूला फाईलहरुको हालसम्म कुनै टुङ्गोमा पु-याउन नसकेको जनाउँदै सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल मात्रै भएको दावी गर्नुभयो।
अध्यक्ष भट्टराईले राजनीतिक भनेको देश लुट्ने अस्त्र बनेको समेत बताउनु भयो । चुनावलाई महंगो बनाउने र नागरिकले दिएको भोटले जितेर त्यसको फाईदा लिँदै विभिन्न नाममा भ्रष्टाचार गर्ने प्रवृत्तिले देश ठूलो भड्कालो जाँदै गरेको उहाँले उल्लेख गर्नुभयोे । देशमा उदाएका नयाँ शक्तीहरुको उपदेहिता नहुने ठोकुवा गर्दै अब देशको विकासका लागि विभिन्न दिशामुखि दलहरु भन्दा देशलाई नेपालमुखि दल चाहिएकाले आफ्नो पार्टीलाई नयाँ बैकल्पिक पार्टी बनाउने दृढताका साथ अगाडि बढेको बताउनु भयो।
उहाँले भन्नुभयो, 'आफ्नो पार्टीलाई केही शक्तिहरुले धमिलो बनाउन खोजेका थिए । मैले ती तत्वहरुलाई प्रदूषित गराउनबाट बचाउन अलग गरिसके म अब आफ्नो पार्टीलाई नेपाल मुखी बनाउनेमा कस्सिएको छु,' डा.भट्टराईले भन्नुभयो । 'अहिलेको राजनीतिक गठबन्धन ठगबन्धन भएको बताउँदै यसप्रति जनताहरुले यसबाट कुनै नयाँ परिवर्तनको अपेक्षा नराखेको बताउनु भयो।'
उपेन्द्र यादवसँग अलग हुँदा भट्टराईसँग महिन्द्रराय यादवसहितका नेताहरुले साथमा थिए । सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादवले पार्टी फुटाएर माओवादीसँग एकता गर्ने निर्णय गर्ने तयारी छ। पछिल्लो समय एकपछि अर्को गर्दै नेताहरुले साथ छाड्न थालेका छन् । सोमबार मात्र नेसपा राजनीतिक समितिका सदस्यसमेत रहनुभएका विश्वदीप पाण्डेले पनि साथ छाडेर माओवादीमा प्रवेश गर्नुभएको छ । यसैको सेरोफेरोमा डा. भट्टराईले यस्तो बताउनु भएको हो ।
नेता भट्टराईले सत्ताको लालची आफु कहिल्यै नभएको बताउँदै पदको निम्ति कहिले पनि कसैसँग सम्झौता नगरेको उहाँले बताउनु भयो । उहाँले मैले कुनै भ्रष्टाचार गरेको कुनै प्रमाण छ ? भन्दै प्रश्न गर्नु भयो । उहाँले भन्नुभयो, 'केही भुक्ने कुकुर छन्, ती भुक्ने कुकुरहरुलाई ढुङ्गा हान्ने भन्दा मेरो ध्यान आफ्नै बाटोमा लागेको छु । हामीहरुको एउटा माग छ त्यो हो, प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको निर्वाचन प्रणाली । त्यसमा गयो भने मात्रै देशमा स्थायित्व सरकार आउने र विकास हुने विश्वास छ ।'
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच