अख्तियारद्वारा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको एक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर २ स्थित मदरसा दारुल उलूम अमजदिया बरकातियाका प्रधानाध्यापक कलिम अहमद जोलाह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बदरुददुजा खाँविरुद्ध सोमवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

आयोगका अनुसार प्रधानाध्यापक जोलाहले विभिन्न आर्थिक वर्षमा तलब भत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक लगायतका शीर्षकमा साविक जिल्ला शिक्षा कार्यालयबाट निकासा भएको रकम हिनामिना गरेका छन् ।

आव २०७०/०७१ देखि २०७४/०७५ सम्म शिक्षकको तलब भत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, विद्यालय फर्निचर र भवन निर्माण शीर्षकमा निकासा भएको १८ लाख ३ हजार ७४१ रुपैयाँ हिनामिना भएको आयोगले ठहर गरेको छ ।

लेखापरीक्षण प्रतिवेदनले आफ्नो नाममा पेश्की बेरुजु औंल्याएको रकमसमेत जोलाहले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खाँसँगको मिलेमतोमा हिनामिना गरेको आयोगको जारी विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?