देश र प्रजातन्त्रलाई जोगाउने कि !

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 16 mins

पाँच वर्षमा आउने निर्वाचन आगामी मंसिर ४ गते देशैभरि एकै दिन समान समय र समान विधि तथा पद्धतिबाट हुने सुनिश्चित भएको छ । प्रजातन्त्रमा जनताको मत सबैभन्दा ठूलो शासनाधिकारयुक्त हुन्छ । प्रजातन्त्रमा जनता नै सर्वाधिक मान्य हुन्छन् । जनता सधैं बोल्दैनन् । जनता कहिले काहिँ अति भयो भन्ने लागो भने सडकमा आउँछन् र सारा कुरा अदलबदल गरिदिन्छन् । मूल्यमान्यता नै बदलिदिन्छन् । २००७, २०४६/२०६३/२०६४ मा नेपाली जनताले यो काम गरेर देखाएका छन् । जनताले नारीलाई पुरुष र पुरुषलाई नारी बनाउने कामबाहेकका सारा काम गर्न सक्छन् । देशको सर्वोच्च अधिपति भनेकै जनता हुन्छन् । जनचाहना अनुसार संविधान बनाएर संविधानको अक्षर अनि भावानुकूल शासन गर्नु प्रजातान्त्रिक पद्धतिको लक्ष्य हुन्छ । आवधिक निर्वाचन पनि जनताका प्रतिनिधिले बनाएको संविधानले निर्देशित गरे अनुरूप नै हुनुपर्ने हुन्छ ।

नेपालमा यही एउटा कुरोमात्रै संवैधानिक मर्यादानुकूल पालन गरेको देखिन्छ । बाँकी सबैमा जनताबाट निर्वाचित प्रतिनिधिहरू नै लुई १४औं या रोमन वदशाहनिरो बनेर देखिएका छन् । जनताबाट निर्वाचित दलकै सरकार भए पनि वर्तमान सरकारले निरो र लुईको चरित्रमात्रै प्रदर्शन गरेकोे छ, चाहे केपी ओलीको नेतृत्वमा गठन भएको सरकार होस् चाहे शेरबहादुर देवाको नेतृत्वमा गठित सरकार होस् । सरकार सरकार जस्तो छैन र सांसद सांसदको आचरणभन्दा बाहिर गएका छन् । मतदाता पनि असल मतदाताभन्दा क्षणिक प्राप्तिमा सुक्री बिक्री हुने गरेका घटना पनि पर्याप्त रहेका छन् नेपालमा । अशिक्षा, बेरोजगारी, चाकडी, चाप्लुसी र नातावदा, धनवाद डनवाद, फरियावाद जस्ता विकृति प्रशासनदेखि राजनीतिक तहसम्मै व्याप्त रहेको भेटिन्छ । नेपाली राजनीतिको भित्री तहमा गएर नियाल्दा पुरानाको शैली र नवचाहनाको शैलीमा तीव्र संघर्ष भएको देखिन्छ ।

मतदाता पनि असल मतदाताभन्दा क्षणिक प्राप्तिमा सुक्री बिक्री हुने गरेका घटना पनि पर्याप्त रहेका छन् नेपालमा । अशिक्षा, बेरोजगारी, चाकडी, चाप्लुसी र नातावदा, धनवाद डनवाद, फरियावाद जस्ता विकृति प्रशासनदेखि राजनीतिक तहसम्मै व्याप्त रहेको भेटिन्छ । नेपाली राजनीतिको भित्री तहमा गएर नियाल्दा पुरानाको शैली र नवचाहनाको शैलीमा तीव्र संघर्ष भएको देखिन्छ ।

गठबन्धनलाई लिएर नव, नीति र थितिका पक्षमा रहेका समूहले सम्झौता गरेको देखिए पनि नेपाली कांग्रेसमा नवपुस्ता नीति र थिति अनुसारको दल तथा सरकारका पक्षमा रहेको देखिन्छ भने माओवादीमा प्रचण्डका विरुद्ध बोल्ने व्यक्ति जन्मने सम्भावनै छैन । एमालेमा पनि ओलीकाविरुद्ध बोल्नेले भीम रावल, घनश्याम भुसालको परिणाम भोग्नुपर्ने अवस्था सबैले महसुस गरेको नै कुरो हो । मधेसवादीले नाम जे–जे राखे पनि ती प्रान्तत्रवादी होइनन् । जमिन्दारी शैलीमा जमिन्दार जमिन्दारका बीचको लुछाचुँडीमात्रै गरेको देखिन्छ । प्रजातन्त्रमा दर्शनका धरातलमा उम्रेको विचार हुन्छ । तदनुकूलको आर्थिक नीति हुन्छ । सामाजिक नीति हुन्छ । परराष्ट्र नीति पनि देशको ऐतिहासिक परम्परा, भौगोलिक अवस्था, सैन्यशक्ति र जनताको चाहना अनुरूप नै निर्धारित हुन्छ । नेपाली राजनीतिमा राजनीतिक दलले पारस्पारिक मेल प्रदर्शन गर्ने गरेका तीनवटा पक्ष देखिन्छन् ।

१, एउटा चलेको व्यवस्था र शासनका विरुद्ध यिनीहरू एक जुट भएर लागेका देखिन्छन् । २, दोस्रो हो आर्थिक भ्रष्टाचार गर्न र त्यसलाई पचाउन । ३, तेस्रो हो, विधि अनविधि जेजसरी पनि सत्तारोहण र सत्तामा टिक्नु । यी तीनवटा कुरामा नेपालका राजनीतिक दलमा अभूतपूर्व मेलमिलाप रहेको देखिन्छ । यदाकदा नेपाली राजनीति, प्रशासन, शिक्षा योजना आदि विविध पक्षमा देखापरेका कुरामा अन्तिम आधार भनेको न्यायालय थियो । यसले गौरवमय भूमिका निर्वाह पनि गर्दै आएको थियो तर आजका राजनीतिक दलका आचरण, महàवकांक्षा, संस्कार आदि कारणले न्यायालय पनि लाजलाग्दा क्रियाकलापमा मुछिएको देखियो । यो प्रजातन्त्रका निमित्त अपूरणीय क्षति हो ।

न्याय भनेको जनताको आस्था, आस र भरोसामा अडेको हुन्छ । अहिले न्याय मूर्ति र न्यायकर्मीका बीचमा चलेका दोहोरीले मुख नछोपी बाहिर निक्लन नसकिने अवस्था सिर्जना गरेका छन् । सरकार चलाउनेले सबैतिर विकृति छरेर भ्याएपछि न्याय क्षेत्रलाई पनि प्रदूषित गराएरै छाडे । ओली सेटिङमा लागेर न्यायालय बिगार्ने देखिए भने शेबदे सुझ न बुझको महाअभियोग लगाउनेमा प्रसिद्ध बने । संसारका भ्रष्टाचारीमध्ये नेपाल ११७औं स्थानमा रहेको देखिन्छ । अख्तियार दुरुपयोग निवारण आयोगमा पनि दलीय कार्यकर्ता या जीवनभरि भ्रष्टाचार गरेर आफू पनि बन्ने र मन्त्रीलाई पनि धनी बनाएर रिटायर्ड भएका सचिवया न्यायकर्मीलाई ल्याउनाले त्यो पनि निकम्मा भयो । सम्पत्ति शुद्धीकरण आयोगको पनि हालत जस्तो आफू उस्तै च्यापु बनेको देखिन्छ । दलका नेता कार्यकर्ता कुनै पनि आज आर्थिक दृष्टिले शुद्ध रहेनन् । समग्रमा भन्दा नेपाल अहिले टुकुचामय बनेको देखिन्छ ।

प्रधानमन्त्रीदेखि पियनसम्म, प्राध्यापकदेखि उपकुलपतिसम्म आर्थिक अपचलनमा परेका तथ्य रहेका देखिन्छन् । मालपोत, भन्सार, भूमिसुधार र राजनीतिक पार्टीहरू आर्थिक भ्रष्टाचारका सागर बनेर जमेका देखिन्छन् । भ्रष्टाचार आचरणगत, विचारगत र व्यवहारगत जस्ता अनेकौं प्रकारमा विभाजन गर्न सकिन्छ । आजका मन्त्री, सांसद र सचिव आयोग प्रमुख आदिले गर्ने गरेका वैचारिक, आर्थिक र व्यावहारिक भ्रष्टाचारका स्वरूपलाई देखेर शायद स्वयं भ्रष्टाचार पनि तर्सन्छ । यस प्रकारका कहरमा बाँच्न विवश छन् नेपाली सर्वसाधारण जनता । यस्ता आवस्थामा के को पार्टी ? के को चुनाव ? के को आस ? ‘सर्वनाशे समुत्पन्ने अर्धं त्यजन्ति पण्डिताः’ भन्ने नीतिलाई मंसिर चार गतेका दिन प्रत्येक मतदाताले विचार पुर्‍याएर देश र प्रजातन्त्र जोगाउने गरी मतदान गर्नुपर्छ । पुराना भ्रष्ट, फटाहा, दलबदलु, पद र पैसाका पछि लाग्ने, अवसर खोजुवा नै देश र प्रजातन्त्रका शत्रु हुन् ।

देश र जनता नै सबै मूल्यमान्यताका मुहान हुन्/आधार भूमि हुन् । अब पनि एकपल्ट भनेर भनियो र हामी झुक्कियौं भने यी पुराना ढाँट्न छल्न, हावादारी गफ गरेर दिन बिताउन पल्केकालाई नै फेरि दल या दर्शनका नाममा भोट हालेर पठायौं भने देश र प्रजातन्त्रले नै हार्ने सम्भावना टडकारो देखियो । पार्टीका महाधिवेशनलाई श्राद्धको तिथि टारे झैं टारियो । कुनै पनि पार्टीले आफ्नो महाधिवेशनमा खुलेर नीतिगत छलफल गरेनन्/गर्न दिएन नेतृत्वले । कल, छल, बल आफ्ना पक्षमा जनमत देखाउने दुष्चेष्टा देखाएको हुनाले कतिपयले त आफू निर्वाचित भएको चार पाँच महिना नै अरू कार्यसमिति बनाउन नसकेको पनि देखियो ।

देशको सबैभन्दा पुरानो र प्रजातन्त्रका निमित्त विश्वविख्यात् पार्टी हो नेपाली कांग्रेस, त्यसले पनि महाधिवेशनमा नौटंकी नै गर्‍यो । नीतिगत महाधिवेशनपछि गर्ने भनेर ललिपप चटाएर अप्राकृतिक गठबन्धनमा जाने जस्तो निर्णय पनि केन्द्रीय कार्यसमितिले मात्रै गरेर आफ्ना साथै आ-आफ्नाको पनिभविष्य सुनिश्चित गरेको देखियो । नेताको सत्तासयर, नेतापत्नीको पनि संसद्सयर गराउन पेरुंगे पेटका तमाम राजनीतिक क्षेत्रमा काम गर्ने साथीहरू दास बनेर मालिकलाई डोलीमा बोकेर सत्ता र शक्तिमा पुर्‍याउने पद्धति प्रजातान्त्रिक पद्धति हुनसक्दैन । यसो भएको हुनाले यस विकृतिको परिहार आवश्यक छ ।

मतदाता विवेकी बने नेतापत्नी पुत्रकलत्रका भारबाही बन्न पाउँदैनन् । आजका दिनमा तमाम प्राध्यापक, वकिल, शिक्षक, समाजका बौद्धिक समुदायका व्यक्ति, व्यक्ति समुदाय र सामाजिक अभियन्ता, सांस्कृतिक अभियन्ता, विकास अभियन्ता साराले अब नयाँ कपडा लाउन नांगिएका यी वादशाहलाई तिमी अब इनफ भयौ, भनेर भन्नु परो । राजनीति नीतिमध्ये सर्वोच्च नीति भएको हुनाले यसमा आएका विकृतिले सिंगो देशका, समाजका जरा कुहाइदिन्छ र शताब्दीयौं सम्ममा नवचेतना समुन्नत हुन नसक्ने अवस्थामा पुर्‍याइ दिन्छ ।

यही राजनीतिक क्षेत्रको असक्षमता, नीतिहीनता र दृष्टिहीनताका कारणले आज देशका तमाम युवायुवती विदेशिन विवश छन् । ती मध्ये कति दिनहुँ दशौंको संख्यामा बाकसमा सुतेर फर्केका समाचार विद्युतीय सञ्चार संयन्त्रबाट प्रशारित भइरहेको हामी सबैले महसुस गरेको नै कुरो हो । बदलौं अब हाम्रो सोचलाई । दलमा पनि व्यक्ति असल भएन भने यसै प्रकारको दीनहीन अवस्था आउँदो रहेछ भन्ने त बुझियो नि ! राम्रा व्यक्ति छानौं, नयाँ छानौ, ठालु, गफाडी, सत्ता र शक्ति लोलुपलाई बिदा गरौं । समानुपातिक तिर पनि विचार गरौं, त्यहाँ चुनाव जित्न नसक्ने तर देशका लागि आवश्यकव् यक्तित्व भएको मान्छे, जाति समुदायबाट राखिएको छ ? कि पत्नी, पुत्र, साली,गर्लफ्रेन्ड, सम्धी, ज्वाँई आदि राखिएको छ त्यो पनि हेरौं र त्यसको पनि आकार घटाउन लागौं ।

राम्रा व्यक्ति छानौं, नयाँ छानौ, ठालु, गफाडी, सत्ता र शक्ति लोलुपलाई बिदा गरौं । समानुपातिक तिर पनि विचार गरौं, त्यहाँ चुनाव जित्न नसक्ने तर देशका लागि आवश्यकव् यक्तित्व भएको मान्छे, जाति समुदायबाट राखिएको छ ? कि पत्नी, पुत्र, साली,गर्लफ्रेन्ड, सम्धी, ज्वाँई आदि राखिएको छ त्यो पनि हेरौं र त्यसको पनि आकार घटाउन लागौं ।

यसपटक यति गर्न हामीले सकेनौ भने एउटा सुगाले भनेको यो कुरो दोहोरिएर हामी नै सुगा बन्नेछौं, सिकारी आउँछ, जाल ओछ्याउँछ, चामल या कनिका छर्छ, त्यसमा लोभिएर हामीले खानु हुँदैन’ । भन्दा भन्दै सुगाको बथान जालमा परेछ र जालमा बाँधिएको चालपाएपछि पनि त्यो कुरो भन्दै थिए । सुगाको कुरा सुनेर सिकारी हाँसेछ । हामी पनि एक दिनको रक्सी, मासु, आश्वासन आदिका जालमा परेर यिनै सिकारीका जालमा पर्‍यौ भने हामी नै सुगाभन्दा भिन्न हुने छैनौं । आफ्-नामनमा रहेको लोभ, लाभ, डरलाई मतदान स्थलमा जाँदा घरका खोपामा राखेर जाउँ । पुरानाका ठाउँमा नयाँ खोजौं र रोजौं पनि । पुराना पनि पवित्र आचरण चिन्तन भएका छन् यदि भने तिनलाई एक अवसर दिए पनि हुन्छ ।

पटक-पटक सांसद भएर पनि खास काम नगरेका संसदमा नबोलेका, ठूला नेताको सहयोगी भएर पटक-पटक मौकापाएका तर देश र जनताको भन्दा नेताको चाकरी र नेताले गरेका अपकर्म पनि ढाकछोप गर्नेतिर लागेका सारालाई यसपटक देशभरिबाटै बढारौं । यति गर्‍यौ भने देश र प्रजातन्त्रले हार्दैन । देश नेताको पनि होइन र प्रजातन्त्र पनि कुनै पार्टीको पेवाहोइन । यो एउटा जनताका लागि जनताका प्रतिनिधिले तन, मन र धनले काम गर्ने पद्धति हो । यसलाई प्रदूषित गर्ने जतिलाई चिनेर हराउँ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?