इस्लामावाद । बाबर आजम फेरि पाकिस्तान क्रिकेट टिमको कप्तान नियुक्त हुनुभएको छ । पाकिस्तान क्रिकेट बोर्डले आइतबार बाबरलाई टी–ट्वान्टी तथा एकदिवसीय टिमको कप्तान चयन गरेको हो । गत वर्ष भारतमा सम्पन्न आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तानले खराब प्रदर्शन गरेपछि बाबरले कप्तानबाट राजीनामा दिनुभएको थियो ।
तर, वेस्ट इण्डिज र अमेरिकामा आगामी जुनमा आयोजना हुने आइसिसी टी-ट्वान्टी क्रिकेट विश्वकपअघि पाकिस्तानले बाबरलाई कप्तान चयन गरेको हो । शाहिन शाह अफ्रिदीको कप्तानी भने खोसिएको छ ।
यसअघि अन्तरिम व्यवस्थाका रूपमा टी-२० क्रिकेटका लागि तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीलाई कप्तानीको जिम्मेवारी दिइएको थियो । साथै शान मसुदलाई टेस्ट क्रिकेटको कप्तान बनाइएको थियो । अहिले पाकिस्तानको टेस्ट टिमको कप्तानमा शान मसुद हुनुहुन्छ ।
विश्वकपअघि पाकिस्तानले न्युजिल्याण्डविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिज तथा इंग्लयाण्डविरुद्धको चार खेलको टी-ट्वान्टी सिरिज पनि खेल्ने तालिका रहेको छ ।
कप्तानको फेरबदल र मुख्य प्रशिक्षक मिक्की आर्थरलाई पनि हटाएपछि अस्ट्रेलियामा सम्पन्न टेस्ट क्रिकेटमा भ्रमणकारी पाकिस्तानी टोली ३-० र टी-२० क्रिकेटमा ४-१ ले नराम्रोसँग पराजित भएको थियो । अहिले खराब फर्मबाट गुज्रिरहनुभएका बाबरको कप्तानीमा रहेको पाकिस्तान सन् २०२२ मा एकदिवसीय र टी-२० दुवै वरीयताको शीर्ष स्थानमा थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच