डेंगु संक्रमितको संख्या २७ हजार नाघ्यो, एकैदिन चार जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । डेंगु संक्रमितको संख्या २७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म नेपालभर २७ हजार ५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । नेपालमा डेंगु संक्रमणबाट ३६ जनाको मृत्यु भएको छ । मंगलबार डेंगु संक्रमणबाट थप चारजनाको मृत्यु भएको हो ।

योसँगै साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । हाल मुस्ताङबाहेक सबै जिल्ला देखिएको डेंगु संक्रमण देखिएको छ । सबैभन्दा बढी काठमाडौं उपत्यकाका जिल्ला बढी प्रभावित छन् । मन्त्रालयका अनुसार बागमती प्रदेशमा सबैभन्दा धेरै संक्रमित छन् । बागमतीमा २१ हजार ५८९ जना संक्रमित छन् । जबकि दोस्रो धेरै संक्रमित रहेको लुम्बिनीमा तीन हजार पचास जना संक्रमित छन् । सुदूरपश्चिममा ८२१, प्रदेश १ मा ८१५, गण्डकीमा ६५३, मधेसमा ४०५ र कर्णालीमा २३६ संक्रमित छन् ।

हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । नेपालमा २०६१ मा पहिलो पटक डेंगु देखिएको थियो । त्यसपछि वर्षेनी डेंगुका बिरामी देखिने गरेका छन् । प्रायः दिउँसोको समय सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने गरेको मन्त्रालयले जनाएको छ । डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न विज्ञहरूको सुझाव छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?