✍️ कलानिधि दाहाल
स्वतन्त्रताको सदुपयोग संसारकै सर्वोच्चानन्दको शिखर हो । यसमा न नियम हुन्छन्, न कानुन । न सीमा हुन्छन् न साधहरू । यसको उचाइ उठ्नाका लागि उरन्ठेउला बाटामा रहल्लिएका पङ्गुहरूका निकटतामा रहँनु, तिनीहरूले प्रयोग गरेका बेला प्रयोग भएको क्षण उनीहरू ठान्लान्-विजयको शान । यो उनीहरूको ठनाइ हवाको एक हल्का क्षणिक बेगमात्र हो जो वा जसलाई पल्भरको खुशीले जीवनभर आँसुको खोलोमा बगाउँछ । राज्यव्यवस्था आफैँमा अपाङ्ग सोचको उपज छ । जे होइन त्यसलाई नै हो भनेर तीन चम्कामध्येको एक सहकारीलाई मान्नु दिवालियापन हो ।
गरिबका आँसुमा खेलबाड गरेर अत्यधिक मान्छेलाई आत्महत्याको सिकार बनाउँने नेपालको वृत्तक्षेत्रमा कुनै छ भने त्यो नै सहकारी हो । अपराधको अखडा हो । स्याल, सिंह र ब्वाँसाहरूको बासस्थान हो । त्यस जङ्गलमा झुक्किएर कुनै व्यक्तिहरू परेका छन् भने त्यो अपवादमात्र हुन जान्छ । भ्रष्टहरूको, बेइमानहरूको, लाचारहरूको, ठग र छलीहरू खोज्नु छ भने अन्यत्र जानु नै पर्दैन सहकारी छिरे हुन्छ । यसकै खेतीमा रमाउनेको साक्षी बनेर म फसेँ भन्दिन, होमिएँ । यति मिठो होमाइ जहाँ कागज दोहोरो गर्नुपर्छको अर्थ मेरो मानसपटलमा कतै जन्मेको नै थिएन, छैन र हुने पनि छैन । एउटा भिखारी जोसँग सामान्य सदस्यताको चिर्कटोसम्म लिन सक्ने आर्थिक हैसियत राख्दैन ऊ नै सहकारीको शिर । जोसँग सहयोगी भावनात्मक भकाराको अंशसम्म छैन ऊ नै यसको केन्द्रीय नायक ।
मूल भाग्यो मध्यरातमा । समयका सारा संयोग मिलाएर सहायक अझ चतुर अपराधका मनभरि अतृप्तिका आँखा सजाएर चारैतिर बाहनाको खेत खन्न पुग्यो ऊ पनि आफ्नै पाखाबारीमा । एउटा सन्त्रास, एउटा कोलाहल, एक प्रकारको अनजान हाहाकार ती मनमस्तिष्कमा छायो जो साँच्चै सोझा मन थिए ।
सङ्कट पर्यो अन्तिम, सहयोगी हात फैलाय ती आवाजमा सहयोगी हात फैलाएर वचनविश्वासको बत्ती बल्नु के अपराध हुन्छ ? थातबात सोझो अर्जित समयसौगात सञ्चयकोशमा सुम्पेर वचनविश्वासमा, मित्रविश्वासमा मख्ख पर्ने मभित्रको सानो प्रलोभन स्वार्थको बिज त्यस बेला अङ्कुरायो जुन समय हाकिमी पोजको मोजमा रमाउँने लखनटाट मध्यरातको प्रहर पक्रेर फ्लााइङ्स्लिपर उडेझैँ, प्यागाससको पङ्खा फुकेझैँ अविदित यात्राको अनन्त फाँटमा सपरिवारको जन्ती हिँड्यो । एउटा भूकम्प, एउटा निराधारको हतासा, एउटा आफैँभित्रको असुरक्षित भेल । सायद यसको सिकार नै सबभन्दा बढी आत्महत्या, अधकल्चो प्रयास, अज्ञात बनेको जीवनलाई मूर्खताको ज्ञातले, प्रलोभनको मातले, भौतिक मस्तीको प्रभातले, कथित भौतिक सहजताको अन्तर घनाघारीमा मान्छे आफूलाई समर्पित गर्दोरहेछ ।
एकोहोरो भौतिक ज्ञानको भुँमरीमात्र बोक्नेहरूमा तीनचम्ने एक सहकारी यमलोक हो, नारकीय यमलोक । त्यसमा बसेका सूचीको माथिल्लो शिखर यमराजको समूह हो भने क्रमशः तलसम्म झर्दै गर्ने चाहिँ यमदूतहरू÷यमदूतीहरू । यिनमा मानवताको ‘म’ नजन्मेकामा, विवेकको ‘व’ नहुर्केकामा, कर्तव्यको ‘क’ मस्तिष्कीय शब्दकोशमा कुनै पानाका छेउछाउमा कतै स्पर्शसम्म गरौँको सोच नै नउभिएकामा यिनलाई त के दोष दिनु ? दिएर नै हुने के र ? त्यो स्रष्टा अर्थात जन्मदाता विदित हो वा अविदित कुन मेसिनको साँचो हल्लाएर क्रूरताको ढोका नजिक पुग्यो होलाको कौतुक कहानी कसैले प्राप्त गर्न सक्दैन ।
मूल भाग्यो मध्यरातमा । समयका सारा संयोग मिलाएर सहायक अझ चतुर अपराधका मनभरि अतृप्तिका आँखा सजाएर चारैतिर बाहनाको खेत खन्न पुग्यो ऊ पनि आफ्नै पाखाबारीमा । एउटा सन्त्रास, एउटा कोलाहल, एक प्रकारको अनजान हाहाकार ती मनमस्तिष्कमा छायो जो साँच्चै सोझा मन थिए, प्रपञ्चको पञ्जाभन्दा बाहिरका सहजतामा एकोहोरो सतही विश्वास चेपेर दुःखद् समयका प्वाल टाल्न नमिठो खाएर, चिथराले गोप्याङ्ग छोप्दै जीवनयात्रा गरिरहेका थिए, छन् र हुने पनि छन् ।
अर्को हिंस्रक चितुवा जमात जसको केही गर्न सक्ने कुनै पनि श्लेट स्रष्टाले अङ्गप्रत्यङ्गमा कतै सजाएको छैन । मात्र बाहुबलको प्रयोगमा, छद्मभेषको ब्वाँसो चालमा झाडीमा छलिएर शावक सिकारमा जिब्रा लप्लपाएर बाँच्नेहरूको जमातमा अझहाहाकार मच्चियो । छद्य सुइरा अचानक बन्द हुँदा, डकैती खेलकाद्वारमा एकाएक भोटे ताल्चा झुण्डिदा बिचरा भोका हिंस्रक चितुवा नछट्पटाउनु पनि त स्रष्टाको सिर्जनामा स्वाभाविकता भन्दा परको अजीव सङ्केत हुन सक्थ्यो, सक्छ र सक्नेछ ।
ऊकसको नजिक ? ब्वाँसाहरू बुझ्दछन् राम्ररी । झ्याङ्भित्रका एकत्रित ब्वाँसाहरू बाहिरका छरपष्ट छद्य भेषी ब्वाँसाहरू । म उसको परिचित । ऊ मेरो परिचित । झाङ्भित्रका ब्वाँसालाई थाहा नहुने कुरै थिएन । कारण म पनि स्वार्थको लेष जन्मेर सर्वस्व त्यसमा नै सञ्चित गरेका मध्येको एक । त्यो श्रम साग र गुन्द्रुकको झोलमा चार गाँस ढिँडाको पेट बनाएर अलिकति भोलिको आसमा, अलिकति सहजताको विश्वासमा, अलिकति मित्रको अनुरोध आग्रहमा अर्जित सम्पूर्ण त्यहीँ सुम्पेर तरबारका तिखा धारले रक्तसञ्चार गरिरहेको मान्छे ।
तिनै ब्वाँसाजमातको सङ्ख्यामा थप एक ब्वाँसो म अलिकति स्वार्थ जन्मेको तर सोझो ब्वाँसो । उनीहरूको आग्रह- ब्वाँसाजगत्कै सदस्यता ग्रहण गर्ने र ठूलो भगुवा ब्वाँसोलाई ल्याउने । त्यति गरिसकेपछि ब्वासाजगत्को सदस्यता यथावत् राखे पनि ठीकै छ, परित्याग गरे पनि ठीकै छ । एक दिन शुक्रबार दुई घण्टामात्र समय दिए भइगयो बढी कर छैन । नौ ब्वाँसाका जमातमा धुमधाम छलफल । मेरो आग्रहको खुला आशय कहीँ कुनै जमातको कुनै चिर्कटो नलिई बाहिरबाटै यस कार्यको सफल जिम्मेवारी लिने प्रतिज्ञामा अन्तर विषयवस्तु बोधतिर अप्ठ्यारो हुने भएकाले भित्र पस्नै पर्ने सारा प्रतिज्ञाका द्वारहरू उताबाट खुलेपछि वचनबद्धताका सुन्दर घरहरू बने ।
तिनै ब्वाँसाजमातको सङ्ख्यामा थप एक ब्वाँसो म अलिकति स्वार्थ जन्मेको तर सोझो ब्वाँसो । उनीहरूको आग्रह–ब्वाँसाजगत्कै सदस्यता ग्रहण गर्ने र ठूलो भगुवा ब्वाँसोलाई ल्याउँने । त्यति गरिसकेपछि ब्वासाजगत्को सदस्यता यथावत् राखे पनि ठीकै छ, परित्याग गरे पनि ठीकै छ ।
अनुहार तिनै हुन्, ठाउँ त्यही हो, आवाज भिन्न छैनन् कसैका पनि । अब सहयोगका लागि विश्वास गर्नुगर्नेको अपराध हो ? यो मानवीय उच्चता प्रदर्शन कमजोरी हुन्छ ? मान्छे, वचनविश्वास हो कि कागजमा लेखिने शब्द तरबार ? मान्छे बोलीको बहँने सागरछाल हो कि मनमा सजाइने खिया परेको फलामको कालो ताल ? मान्छे, प्रतिज्ञाको अटल आस्था हो वा कन्याएर बाहिरी आनन्दमा आन्द्रा झिकिने ब्वाँसो चाल ?
तप्प तप्प पसिना धार । गर्मीको कडा फलामे तार । विराटनगरको अर्कोब्वाँसे महल । कथित छिमेकी राष्ट्रमा पुगेको हल्लाले यस जमातभित्र कोरलेका चल्ला र ऊसँगै गरिने सरसल्लाहको साँवले समयको प्रतीक्षा । एउटा उत्सुकता, एउटा वचनबद्धताको राम्रो उदाहरणीय प्रस्तुतिको समय । दोहोरो स्वार्थको भाँडो टम्म भरिएर खुशी छचल्किने समयबिन्दुको सम्मुख उभिँदा हुने सन्तुष्टिको चरमोत्कर्षमा साँच्चै विजयको अनुभूति मीठो हुन्छ नै । त्यसमा नै उतप्त पसिनाको बहाव, प्रचण्ड गर्मीको राप पनि जलको शीतल छहारी बन्दोरहेछ । के थाहा अनाथ, अशक्त, निमुखाका पसिनाका नदी पार गरी विविध बहानामा विदेशको विलासी रमझम चुम्नेका लागि ? पिजा, बर्गरका भतेरमा मोजको भोज गरुञ्जेल पति अर्काको वा पत्नी अर्काकी थाहा नहुने जमातका लागि यो मानवीय संवेदनाको सञ्जालभित्र बगेको सन्तुष्टिको छालसँग के पर्वाह ?
एउटा सानदार घर । परिवारलाई सञ्चालन गर्न पुग्ने आयको व्यवस्थामा सतप्रतिसत प्रतिज्ञा जो यिनै ब्वाँसाजमातभित्रको आवाजले सुम्पेको थियो । त्यसै अनुसारका कुराकानी, छलफलमा आगमनको निचोड निश्चित निस्किएको त्यो क्षण सम्भवतः एक असल व्यक्तिको निमित्त सर्वोत्तम क्षण हो नै । जीवन खाएर बाँच्नेका लागि नभई बाँच्नलाई खानेका लागि अपूर्व आनन्दको समय हो त्यो । अमीट तृप्ति तैरनु पारको संसार ।
समायोजन, छलफल, गोपनीय प्रहरका तारे पाँचतारे रेष्टुराँ वा भौतिक विलासिताको ब्वाँसोलोक । बिस्तारै वचनमा विचलन, व्यक्तिस्वार्थ परिवहन । अतीत प्रतिज्ञाका ढोकाहरू बन्द । जे भनिए ती होइनन् । जे भनिएनन् सबै तिनै सही तिनै सच्चा । खुकुरी, तरबार, गुण्डाजमातको लावालस्कर । एक लाख राखेर दश करोड कागज छाप बनाउँदै तिघ्रा हल्लाई सान सम्बद्र्धनमा तरङ्ग तात्न तत्पर माफियाको उग्र उन्माद । घेराबन्दी, तोडफोड्, सुरक्षा अनुहारकै किनबेच । पक्राइ खानुपर्नेले नै पक्राएपछि न्याय कहाँ ? कानुन कहाँ ? सुरक्षा कहाँ र कसको ? समाज कहाँ ? बर्बरताको जङ्गलराज ! सिकारी सिंह भगाउँने ब्वाँसाजमातमा सिकारको स्वाद ।
राष्ट्रका नाममा लाखबत्तीको उपहार सुम्पने धृतराष्ट्रका सन्तानहरू । यिनका छद्मभेषभित्रको पाखण्ड परिवेश लाक्षागृह दहनको ताँतीमा जल्छ कुनै पनि बेला । बोलीको बर्कोमा मखमल ओढाएर ओच्छ्यानको तन्नामा बारुदको बिस्कुन सुकाउने यी चपर्चण्डाल चर्मफाहाहरू पल्भरको चमकपछि कतै केही रहन्छन् र ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच