स्रस्टाहरुको नजरमा आकर्षण बन्याे बर्दघाटको बाउन्नघोला सिमसार

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 5 mins

नवलपरासी । वरीपरी जंगल, जंगलको बिचमा ठुलो ताल अनि चराचुरुगींका चिरविर चिरविर आवाज, तालमा केहि सुकेको रुख र ती रुखमा बसिरहेका चराचुरुङ्गी । छिनछिनमा सुकेको रुखमा अनि छिनछिनमा तालमा दिउसोको प्रचण्ड घाममा चराचुरुङ्गीको यो मनोरम दृश्यले कसको पो मन नरमाउला र !

मनै लोभ्याउने र जोकोहीको नजरमा पर्ने प्रकृतिले दिएको अनुपम उपहार हो बर्दघाटको यो सिमसार क्षेत्र । सोमवार यही क्षेत्र स्रस्टाहरुको आकर्षणको केन्द्र बन्याे । अहिलेको व्यस्त जिवनशैली र प्रदुषित वातावरणका बीच रहेका अधिकाश स्रस्टाहरु शान्त र मनोरम वातावरणमा रहेको सिमसारले स्रस्टामात्रै होइन जो कसैलाई पनि आनन्दित तुल्याउने प्राकृतिक मनोरमताले भरिएको यो ठाउँ पनि आन्तरिक पर्यटकको मात्र होईन यो सिमसार क्षेत्रले बाह्रय मुलुकका पर्यटकहरुकोसमेत मन लोभ्याउन सक्छ ।

लुम्बिनी प्रदेशका १२ जिल्लासहित पुर्वी नवलपरासी र चितवनका स्रस्टाहरु बर्दघाट प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको तीन दिनको महोत्सवका क्रममा सिमसार वाउन्नघोला क्षेत्रको अवलोकनमा पुग्नु भएको थियो । सिमसार भित्र जल परिचालन र शुद्धिकरण प्रक्रिया निरन्तर चलिरहने हुनाले यसलाई वातावरणीय प्रभावमा सकारात्मक प्रभाव पर्ने गर्दछ । विश्वमा भैरहेको जलवायु परिवर्तनले सिमसार क्षेत्रको महत्व दिन प्रतिदिन बढिरहेको छ ।

जैविक विविधताका दृष्टिले महत्वपुर्ण प्राकृतिक स्थलका रुपमा रहेको सिमसारमा विभिन्न प्रजातिका वनस्पति र जिवजन्तुको बासस्थानले गर्दा स्रस्टाहरुको मन रमाएको बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपाने परिश्रमीले बताउनु भयो । स्रस्टाहरुमा प्रकृति भन्दा धेरै राम्रोसङ्ग शब्द चित्रण गर्ने कला हुने उल्लेख गर्दै न्यौपानेले भन्नुहुन्छ -" सिमसार क्षेत्रको प्रकृति आफैमा मनोरम छ त्यसैमा स्रस्टाहरुको शब्द चित्रणले थप उमंग भर्न सकिन्छ ।"

बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठ, उपप्रमुख रुद्रप्रकाश उपाध्याय, वाउन्न घोला सिमसार व्यवस्थापन समितिका अध्यक्ष कुलदेव श्रेष्ठसहितको टोली वाउन्नघोला सिमसार क्षेत्रमा स्रस्टाहरुलाई स्वागत गर्दै सिमसारको बस्तुस्थितिका बारेमा अवगत गराइएको थियो ।

स्थलगत अवलोकन पछि स्रस्टाहरुले एक पछि अर्को गर्दै कविता, गजल, गीत र मुक्तकका माध्यमबाट प्रकृतीलाइ शब्दमा गुन्जायमान गराउनु भयो । आफैमा मनोरम दृश्य रहेको सिमसारमा स्रस्टाहरुको रचनावाचनले थप उमंग थपेको थियो । स्रस्टाहरुले एक पछि अर्को गर्दै रचनावाचन गरिरहँदा स्रोतालाई पनि झन झन नयाँ नयाँ रचना सुन्ने उत्सुक पनि त्यतिकै भएको देख्न सकिन्थ्यो । स्रस्टाले प्रकृति मोह रहेको सिमसारलाई शब्द गुच्छाले शब्द र स्वरबाट प्रस्तुत गर्नुभयो ।

बाउन्नघोला सिमसार क्षेत्रमा स्थलगत अवलोकनपछि सिमसारका बारेमा थप रचना लेखी विभिन्न पुस्तक र कृतिहरुमा प्रकाशित गर्ने वाचा स्रस्टा राजेन्द्र घायलले गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?