![पुस्तक : इतिहासको ऐना](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Bimal-Bhaukaji-Article-Hita.jpg)
वरिष्ठ युरोलोजिष्ट प्रा.डा.अर्जुनदेव भट्टको उपन्यसा ‘रूपान्तरण’ पाठकमाझ आएको छ । चिकित्सा पेशमा आफूलाई अग्रपंक्तिमा राख्दै बिरामीको सेवमा आफूलाई समर्पित गर्दै आउनुभएका प्रा.डा.भट्ट साहित्य लेखनमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । विभिन्न सञ्चारमाध्यममा सचेतनामूलक लेखसहित उहाँले पुस्तक लेखनमा पनि आफूलाई सक्रिय राख्दै आउनुभएको छ । हालसम्म विभिन्न विधाका एक दर्जन जति कृति पाठकमाझ ल्याउनुभएका उहाँका अन्य केही कृतिका पाण्डुलिपि पनि पाठकमाझ आउने पालो कुरेर बसेका छन् । ‘रूपान्तरण’ प्रा.डा.भट्टको दोस्रो औपन्यासिक कृति हो । यसअघि उहाँको ‘युद्धविनाको युद्ध’ उपन्यास पाठकमाझ आएको छ । इम्प्रेसन प्रब्लिकेसन एण्ड मिडिया प्रा.लि.ले पाठकमाझ ल्याएको ‘रूपान्तरण’ मा पत्रकार कृष्ण भुसालको सम्पादन, धीरज अधिकारीको लेआउट र महेश बास्ताकोटीको आवरण रहेको छ । सुनगाभा अफसेट प्रेस प्रा.लि.मा मुद्रण गरिएको ११४ पृष्ठको यो कृतिको मूल्य २५० राखिएको छ ।
जातीय विभेदले आक्रान्त समाजलाई समानताको सन्देश यस कृतिले प्रस्तुत गरेको छ । पुस्तक कौतुहलताले भरिपूर्ण छ जसले गर्दा पाठकलाई यसले बाँधिराख्दछ । पढ्न बसेपछि नसक्दासम्म यसले बाँधेर राख्दछ । प्रस्तुत उपन्यास प्रस्तुतीकरण, काल्पनिकता, विविधता, यसमा उल्लेख गरिएका प्रसङ्ग जानकारीमूलक र उपदेशात्मकता छ ।
प्रा.डा.भट्टका यसअघि ‘बैतडीका केही स्थानीय शब्द’ (भाग-१) सहसम्पादन २०१७, ‘प्राकृतिक परिवार नियोजन’ (अगुवा पुस्तक) २०४७, ‘यौन प्रसारित रोगहरू’ २०४८, ‘एड्स प्रतिरक्षा प्रणाली विनाशक रोग’ २०४७, ‘मुटुको धडकन’ खण्डकाव्य २०७७, ‘अविस्मरणीय पलहरू’ कविता २०७७, ‘समय यात्रा’ (जलेश्वर-जनकपुर अस्पतालको सम्झना) २०७८, ‘मेरी आमाः दृढ प्रतिज्ञा नारी (स्मरण)-२०७८, डाक्टरको द्विविधा-२०७९, ‘मूत्र र जननेन्द्रिय प्रणाली (रोग निदान तथा उपचार) २०७९ र उपन्यास ‘युद्धविनाको युद्ध’ २०८० पाठकमाझ आएका छन् ।
वरिष्ठ साहित्यकार एवम् पत्रकार प्रा.पुरुषोत्तम दाहालको विशेष भूमिका रहेको ‘रूपान्तरण’ मा हिमालय टाइम्सका कार्यकारी निर्देशक उज्ज्वल शर्माको प्रकाशकीय छ भने ‘मेरो भन्नु’ शीषर्कमा प्रा.डा.भट्टले आफ्नो भनाइ राख्नुभएको छ । २०८० को पहिलो दिन आफ्ना बिरामीलाई सम्झँदै यो उपन्यास लेख्न बसेको र २० जेठमा यो तयार भएको प्रा.डा. भट्टले आफ्नो भनाइमा जनाउनुभएको छ । यति छोटो समयमै यति राम्रो सिर्जना पाठकमाझ पस्केर उहाँले यस क्षेत्रमा एक अतुलनीय कार्य गर्नुभएको छ ।
आफ्ना बिरामीको समयलाई चोरेर सिर्जना गरेको आफ्नो भनाइमा उहाँले भन्नुभएको छ, ‘कति साथीभाइ मेरा निम्ति नभए जत्तिकै भए, क्षमा गर सबै म यही पुस्तकभित्र हराएको थिएँ । अझ सबैका अगाडिभन्दा मेरा बिरामीहरूसँग झन् बढी क्षमायाचना गर्दछु । मैले तपाईंंहरूलाई दिर्नैपर्ने समय पनि निकै चोरेँ, कतिको चित दुखाएँ होला । मैले दिनसक्ने सेवा र गर्नैपर्ने शल्यक्रिया पनि नगरेर अर्कैतिर तपाईंहरूको इच्छाविपरीत अरू चिकित्कसक कहाँ पठाएँ । माफ गर्नुहोला ।’
प्रा.डा.भट्टले यस कृतिलाई पाँच भागमा प्रस्तुत गर्नुभएको छ । पहिलो भागमा ‘कर्म र फल’, दोस्रोमा ‘लक्ष्मी’, तेस्रोमा विवाहित लक्ष्मी’, चौथोमा ‘सन्तान सुख’ र पाँचौंमा ‘जीवनको समीक्षा’ छन् । पाँच शीर्षकमा पाँच अध्याय यस कृतिमा पस्किनुभएका उहाँले लक्ष्मीलाई केन्द्रीय पात्रका रूपमा प्रस्तुत गर्नुभएको म पाउँछु । लक्ष्मीको विमल नामका पात्रसँग भएको बेमेल विवाह र जीवनसाथीका गलत क्रियाकलापले भोग्नुपरेका अनेक पीडा बडो मार्मिक रूपमा प्रा.डा.भट्टले यस कृतिमा पस्किनुभएको छ । विपन्नता, नारी मनोविज्ञान, समान्ती चरित्रलाई उहाँले यहाँ प्रस्तुत गर्नुभएको छ ।
समाजमा हुने छोरा र छोरीबीचको विभेदले उत्पन्न हुने समस्या यहाँ मार्मिक ढङ्गले राखिएको छ । विमल पात्रको छोराको भोकले छोरीको अपमान गर्ने चरित्र, छोरी जन्माएको प्रताडित भइरहनुपर्ने लक्ष्मीको भोगाइ जुन हाम्रो समाजको यथार्थता छ यसलाई प्रा.डा.भट्टले उजागर गर्नुभएको छ । हाम्रो समाजको एउटा कुरूप तस्वीर, कटु यर्थाथ यस उपन्यासमा पाइन्छ । यस कृतिमा विभिन्न घटनाक्रम, उतार-चढाव, आरोह-अवरोह, घात-प्रतिघात, विश्वास-अविश्वास, छल-कपट, विकृति-विसङ्गतिलाई बढो कलात्मक र रोचक ढङ्गले प्रा.डा.भट्टले प्रस्तुत गर्नुभएको छ ।
जातीय विभेदले आक्रान्त समाजलाई समानताको सन्देश यस कृतिले प्रस्तुत गरेको छ । पुस्तक कौतुहलताले भरिपूर्ण छ जसले गर्दा पाठकलाई यसले बाँधिराख्दछ । पढ्न बसेपछि नसक्दासम्म यसले बाँधेर राख्दछ । प्रस्तुत उपन्यास प्रस्तुतीकरण, काल्पनिकता, विविधता, यसमा उल्लेख गरिएका प्रसङ्ग जानकारीमूलक र उपदेशात्मकता छ । सरल भाषामा गहन प्रसङ्ग यसमा उनिएका छन् । कृतिमा जीवनको अन्तिम समीक्षा निकै मार्मिक रहेको छ । प्रा.दाहालले आफ्नो भूमिकामा लेख्नुभएको छ, ‘पश्चिम नेपालको कुनै गाउँका सामन्ती परिवार एकातिर र अर्कातिर विपन्न परिवारको विपरीत आर्थिक वर्ग चिन्तन, स्वभाव र चरित्र चित्रण गर्न लेखक समर्थ हुनुभएको छ ।’
चिकित्साका क्षेत्रमा सगरमाथाको चुचुरो चुम्नु सफल हुनुभएका प्रा.डा.भट्ट नेपाली साहित्यफाँटमा पनि आफूलाई त्यतिकै सशक्त रूपमा प्रस्तुत गर्दै आउनुभएको छ । साहित्यको कुनै एउटा विधामा मात्र आफूलाई नबाँधेर विविध विधामा कलम चलाउँदै आउनुभएका उहाँ साँचिक्कै बहुप्रतिभाका धनी हुनुहुन्छ । उहाँको यस्ता महान् कार्यका लागि नमन । प्रा.डा.भट्टका आगामी दिनमा यस्तै-यस्तै अन्य कृतिको रसस्वादन गर्न पाइयोस् यही गीता कामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच