![बुढानीलकण्ठ चिनाउन ‘प्रधानाध्यापकसँग पदयात्रा’](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/pad-yatra.jpg)
काठमाडौं । वानीरा फाउण्डेशनले कला, साहित्य र समाज विकासका क्षेत्रमा योगदान पुर्याउने तीन व्यत्तित्वलाई पुरस्कृत गरेको छ । वानीरा गिरीको ८१औं जयन्तीका अवसरमा शुक्रबार उक्त पुरस्कार अर्पण गरिएको हो ।
फाउण्डेशनका संस्थापक तथा संरक्षक इञ्जिनियर शंकर गिरीले काठमाडौंमा आयोजित एक समारोहमा कविता, कथा, उपन्यास र समालोचनाको संवृद्धिमा योगदान पुर्याउनुभएका प्रा.पुष्कर लोहनीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’, रंगमञ्च तथा चलचित्रकलामा विगत छ दशकदेखि निरन्तरता योगदान पुर्याउनुभएका मदनदास श्रेष्ठलाई ‘वानीरा शंकर पुरस्कार’ र कथा कवितामा योगदान दिनुभएकी अनिता तुलाधरलाई ‘वानीरा पुरस्कार’ अर्पण गर्नुभएको हो ।
सम्मानसहित प्रा.लोहनी र श्रेष्ठलाई एक-एक लाख र तुलाधरलाई पचास हजार रुपैयाँ राशिको ‘वानीरा पुरस्कार’ प्रदान गरिएको थियो । इन्दिरा प्रसाईंको सभापतित्वमा सञ्चालित समारोहमा पुरस्कृतहरू प्रा.लोहनी, श्रेष्ठ, तुलाधर तथा वानीरा फाउण्डेशनका संस्थापक तथा संरक्षक इञ्जिनियर गिरी, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईंले आ-आफ्नो भनाइ राख्नुभएको थियो । वानीरा गिरीको २०७८ साल जेठ ९ गते कोरानाका कारण निधन भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच