काठमाडौं । नेपाली लेखक संघले द्वितीय राष्ट्रिय लेखक दिवसको अवसर पारेर प्रतिलिपि अधिकार ऐन, लेखकस्व (रोयल्टी) र लेखक अधिकार विषयक छलफल कार्यक्रम आयोजना गर्यो । नेपाली प्रतिनिधि अधिकार रजिस्ट्रारको कार्यालय तथा नेपाली लेखक संघ आयोजक रहेको उक्त कार्यक्रम नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ कक्षमा १५ गते आइतबार सम्पन्न भएको थियो ।
नेपाली लेखक संघका सहअध्यक्ष डा.रत्नमणि नेपालको सभापतित्वमा आयोजित कार्यक्रमा आख्यानपुरुष ध्रुवचन्दा गौतम प्रमुख अतिथि रहनुभएको थियो । नेपाली लेखक संघका महामन्त्री भरत भण्डारी (सोझो गाउँले) ले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा बिमुन्स पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।
प्रमुख अतिथिबाट पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको सुरुवात गरिएपछि नेपाली प्रतिनिधि अधिकार रजिस्ट्रारको कार्यालयको प्रतिनिध पुण्यमाया गुरागाईं तथा नेपाली लेखक संघ काठमाडौं जिल्लाका अध्यक्ष बिसुकुमार केसीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यसपछि नेपाली लेखक संघका सल्लाहकार श्रवण मुकारुङ र प्राडा.कुमारप्रसाद कोइरालाले आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि डा.गौतम र सभापति डा.नेपालले आआफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच