काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएकाे छ।
मंगलबार बिहानै महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरुलाई बालुवाटार पुग्नुभएकाे हाे । बालुवाटारबाट फर्केपछि ९ बजे कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा बस्दैछ ।
आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्य गर्ने प्रधानमन्त्रीको प्रयास छ ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
यसअघि पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकार छानबिन समिति गठन गर्न तयार नभए नीति तथा कार्यक्रम पेस गर्न नदिने निर्णय गरेको थियो ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त आज दिउँसो ३ बजे बस्दैछ । उक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ ।
उक्त बैठक चल्न दिने वा नदिने भन्ने विषयमा कांग्रेसले संसदीय समितिमा छलफल गर्ने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच