जघन्य प्रकृतिका अपराधहरूमा संलग्न फरार प्रतिवादी पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

पर्सा । विभिन्न जघन्य प्रकृतिका अपराधहरूमा संलग्न रही फरार रहेका प्रतिवादी प्रसौनी गाउँपालिका-७ महुवन बलुवा बस्ने ७२ वर्षीय प्रेम गिरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत ५२ वर्षीय मोहन प्रसाद मैनालीलाई २०६५ असोज २२ गते गोली हानी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा संलग्न रही गिरी फरार रहेका थिए । यस्तै २०५७ भदौ १२ गते साविक विन्दवासिनी गाविस-४ बस्ने ३० वर्षीय देवेन्द्र प्रसाद यादवको घरमा डकैती गर्ने क्रममा गोली हानी देवेन्द्र प्रसाद यादवको मृत्यु भएको खुन डाँका मुद्दा, जिल्ला प्रशासन कार्यालय पर्सा र पूनरावेदन अदालत हेटौंडाको विभिन्न मितिको फैसला अनुसार हात हतियार तथा खरखजाना मुद्दा एवम् जिल्ला प्रशासन कार्यालय पर्साको फैसलाले केही सार्वजनिक अपराध मुद्दाम समेत संलग्न गिरि फरार रहेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

गिरी नेपाल तथा भारतको विभिन्न स्थानहरूमा हत्या, चोरी, डकैतीलगायत अन्य अपराधिक कृयाकलापहरूमा संलग्न रहेकोसमेत खुल्न आएको छ । उनी उपर जिल्ला अदालत पर्साबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?