​नाराबाजीकै बीच प्रतिनिधिसभाबाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभामा टेबल गर्नुभएकाे छ ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा मर्यादापालकको सुरक्षा लिएर प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रम टेबल गर्नुभएकाे हाे ।

जेठ १ गते बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेश गर्नुभएकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?