प्रशान्त र प्रगतिलाई स्वर्ण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । मूलपानी तेक्वान्दो डोजाङका प्रशान्त धमला र प्रगति कुईंकेलले प्रथम गोकर्णेश्वर नगरपालिका खुला आमन्त्रित मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको छ । गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजन, इस्टपोल उच्च माविको व्यवस्थापन र गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष २८ केजीमुनि फाइनलमा प्रशान्तले नवमञ्जुश्रीका रेवत प्रधानलाई पराजित गर्नुभयो । महिला ३८ केजीमुनि फाइनलमा प्रगतिले बोधी सदनकी सन्ध्या तामाङलाई हराउनुभयो ।

जोरपाटीस्थित इस्टपोलमा भइरहेको प्रतियोगिताको पुरुष २५ केजीमा नवमञ्जुश्रीका सञ्जीव जिरेल तथा ३६ केजीमुनि कोटेश्वरका इमोन राणा पहिलो हुनुभयो ।

महिला ३० केजीमुनि नवमञ्जुश्रीकी सिस्तोला कुईंकेल, ३४ केजीमुनि कोटेश्वरकी सुरक्षा केसी, ४२ केजीमुनि फेरिल्याण्डकी अपेक्षा ढुंगाना, ४६ केजीमुनि गोकर्णेश्वरकी सुमिना तामाङ र ४९ केजीमुनि नवमञ्जुश्रीकी सुष्मा राईले पहिलो स्थान हात पार्नुभयो ।

प्रतियोगिताको संघीय सांसद सन्तोष चालिसेले एक कार्यक्रमबीच उद्घाटन गर्दै गोकर्णेश्वरको खेलकुदको विकासका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिका अध्यक्ष सोभितमान गिरीले साहसिक प्रस्तुति गर्ने क्रममा आफ्नो पेटमा १५० केजीको ढुंगा राखी फुटाउन लगाउनुभएको थियो ।

दुईदिने प्रतियोगितामा १९ डोजाङका २७० खेलाडीले विभिन्न १८ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?