नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्युु हुनेमा सुस्ता गाउँपालिका वडा न ५ पक्लिहवा स्थित तरैनी गाउँ बस्ने बर्ष २८ कि पुनम कुशवाहा हुनुहुन्छ ।
मृतक कुशवाहाको मंगलवार बिहान करिब ११ बजे तिर चलेको हावाहुरिको बेला बगैचातिर गएको बेला परेको चट्याङ लागेर ज्यान गएको प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिनुभयो ।
मृतक पुनमका एक छोरा र एक छोरी छन् । भने श्रीमान वैदेशिक रोजगारको शिलशिलामा साउदी अरबमा छन् ।
घटनाको खबर पाइ श्रीमान् ओम प्रकाश कुशवाहा घर फर्किन लागेको परिवारिक श्रोतले जनाएको छ । उहाँ घर फर्कीसकेपछि मात्र कानुनी प्रकृया पुरा गरि शदगत गरिने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच