६८ गर्भवतीलाई गाउँमा निःशुल्क भिडियो एक्सरे

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हुम्लाको दक्षिणी भेगमा रहेको ताँजकोट गाउँपालिकाले प्रत्येक गाउँ गाउँमै पुगेर गर्भवती महिलाहरूको भिडियो एक्सरेसहित निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।

गर्भमा रहेको शिशु तथा आमाको स्वास्थ्य कस्तो छ भनेर भिडियो एक्सरे गर्नका लागि गाउँपालिका स्वास्थ्य शाखाले चारवटा स्वास्थ्यचौकी मार्फत महिलाको सुविधाको लागि ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम सुरु गरी गर्भवतीको निःशुल्क स्वास्थय परीक्षण गरेको स्वास्थ्य संयोजक धनराज ढकालले बताउनुभयो ।

भिडियो एक्सरे सेवामार्फत मैला स्वास्थ्यचौकी, गोठेलबाडा सामुदायिक स्वास्थ्य ईकाइ, मदना स्वास्थ्यचौकी र भैसामाफ सामुदायिक स्वास्थ्य ईकाइबाट ६८ जना गर्भवती महिलाको चेकजाँच गरिएको संयोजक ढकालले बताउनुभयो ।

गर्भवती जाँच र अल्ट्रासाउन्ड गर्नकै लागि यहाँका अधिकांस महिलाहरु सदरमुकाम र छिकेमी जिल्ला बाजुरामा रहेको अस्पतालमा जान नपरोस् भन्ने हेतुले गाउँपालिका स्वास्थ्य शाखाले गाउँमै यो सेवा प्रदान गरीरहेको उहाँको भनाई थियो । सेवा गाउँमै प्रदान होस् भन्ने उद्देश्यले गाउँमै सेवा दिन थालिएको हो ।

ग्रामीण क्षेत्र ताँकोट गाउँपालिका वडा एक देखि पाँचसम्मका सम्पूर्ण गर्भवती आमाको अवस्था र बच्चाको अवस्था कस्तो छ भनि ग्रामीण अल्ट्रासाउन्ड मार्फत जाँच्ने र अवस्थाअनुसार नियमित चेकजाँच गरी नियमित गर्भजाँचका लागि यो कार्यक्रम प्रभावकारी हुने गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताउनुभयो ।

प्राथमिक उपचारमा समेत पछाडि रहेका गाउँहरूमा चिकित्सकसहितका अन्य विभिन्न शिविरसमेत विभिन्न समयमा सञ्चालन गरीरहेको अध्यक्ष जैसीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?