बर्दघाट प्रज्ञा प्रतिष्ठानले तीन दिने महोत्सव गर्ने

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा साहित्यिक, सास्कृतिक तथा पर्यटन महोत्सव हुने भएको छ । बर्दघाट प्रज्ञा प्रतिष्ठानको आयोजनामा वैशाख २२, २३ र २४ गते महोत्सव हुने भएको हो ।

नवप्रतिभाहरूलाई प्रोत्साहित र प्रशिक्षित गर्ने प्रमुख उद्देश्यका साथ त्रीदिवसिय महोत्सव गर्न लागिएको बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपाने परिश्रमीले बताउनु भयो । महोत्सवले बर्दघाट नगर भित्रका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरी राष्ट्रमा चिनाउने, नगर भित्रका जातजातीहरुको सांस्कृतिक झलकहरुको प्रस्तुत गरीने तयारी रहेकाे कुलपति न्यौपानेले बताउनुभयाे ।

स्थानीय तहमा प्रज्ञा प्रतिष्ठानले साहित्यिक, सास्कृतिक तथा पर्यटन महोत्सव गर्ने नेपालमा नै पहिलाे रहेको कुलपति न्यौपानेले दाबी गर्नु भयो । 'हामीले यो महोत्सवबाट साहित्य र सांस्कृतिकका माध्यामबाट पर्यटनको प्रवर्द्धन गर्ने प्रयत्न गरेका छौं । प्रज्ञा प्रतिष्ठानमार्फत पर्यटनको प्रवर्द्धन गर्ने ३ दिने महोत्सव गर्ने राष्ट्रमा पहिलो प्रज्ञा प्रतिष्ठान हौं, ' न्यौपानेले भन्नुभयो ।

पहिलो दिन २२ गते बिहान बुद्धमङ्गल ताल, वनदेवी मन्दिर हुँदै कञ्चनगढीसम्मको अवलोकन, रचना वाचन, गायन तथा स्थानीय जातजातिहरूका नृत्य प्रदर्शन गर्ने, २३ गते दोस्रो दिन सिमसार, सहिद पार्क र संसारकोटको अवलोकन रचना वाचन, गायन तथा स्थानीय जातजातिहरूका नृत्य प्रदर्शन गर्ने र २४ गते तेस्रो दिन समापन सत्र गर्ने कार्यक्रम रहेको छ ।

साहित्यिक, सांस्कृतिक तथा पर्यटन महोत्सवमा लुम्बिनी प्रदेशका १२ जिल्ला र गण्डकी प्रदेशका पुर्वी नवलपरासी र चितवनबाट भाषा साहित्य, कला, संस्कृतिसँग आबद्ध संघ संस्थाका प्रतिनिधि र साहित्य प्रेमी व्यक्तिहरुको उपस्थिति रहने प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव शरद पौड्यालले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?