होटल व्यवसाय गर्दै आएका चापागाई खोला छेउमा मृत अवस्थामा भेटिए

Read Time = 2 mins

-जितेन्द्र भण्डारी

पाँचथर । पाँचथरको हिलिहाङ–७ मा शनिबार एक जना व्यक्ति मृत फेला परेका छन् । कुम्मायक गाँउपालिकाको रानीगाँउमा घर भई सदरमुकाम फिदिमको अस्पताल चोकमा होटल व्यवसाय गर्ने नरेन्द्र चापागाई मृत फेला परेका हुन् ।

तमोर कोरीडर सडक अन्तर्गत खाल्लेखोला छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
चापागाँई सडकबाट केहि मिटर मुनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकारी दिनुभयो । मोटरसाईकल बाटोमा लडिरहेको अवस्थामा फेला परेको थियो ।

सोही ठाँउ नजिकै असारको पहिलो साता हिलिहाङ–४ का रमेस योङयापनि भिरमा अड्कीएको अवस्थामा फेला परेका थिए । उनको पनि मृत्यु भएको थियो । योङयाको मोटरसाईकल सडकमै थियो भने उनी सडक भन्दा मुनी फेला परेका थिए ।

चापागाई भालुचोक बजारबाट सो बाटो प्रयोग गरी फिदिम तर्फ आईरहेको बुझिएको छ । उनी घर नआईपुगेपछि सोधि खोजी भएको थियो । खोज्ने क्रममा लडेको अवस्थामा मोटरसाईकल भेटिएको थियो भने उनको शव सडकभन्दा करिव १ सय मिटर सडक मुनी थियो ।

पोष्टमार्टमाका लागि चापागाईको शव फिदिम ल्याइएको छ । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?