राजा पृथुले दोहन गरेका कारण धराको नाम पृथ्वी रहनगएको हो भन्ने कुरालाई भागवत महापुराणमा उल्लेख गरिएको छ । पृथु राजा भएपछि उनले पृथ्वीको दोहन गरे । उक्त दोहनबाट पृथ्वीमा अन्न, वनस्पतिको उत्पत्ति भएको तर्कलाई हाम्राधर्मशास्त्रले उदाहरणका रूपमा मानेका छन् । पृथ्वीको दोहनपछि मानिसको जीवनयापनका लागि चाहिने सबै आवश्यक पर्ने वस्तुहरू पाइएको कुरालाई पुराणमा उल्लेख गरिएको छ । पृथ्वीको दोहनले पाएको वस्तुलाई मानिसले उपभोग गर्दै आयो । पृथु उदाहरणमात्र हुन् । उनले गरेको कार्यले पृथ्वीले सबै दिन सक्छ भन्ने प्रमाणलाई पुष्टि गरेको छ । त्यही पृथ्वीलाई आजको मानिस दोहन गर्नमात्र सफल भएन । पृथ्वीको अन्त्यका लागि उद्यत देखियो किन ? मानिस आज आएर प्रकृतिलाई नै सर्वनाश गर्ने अवस्थामा पुगेको देखिन्छ ।
साङ्ख्यशास्त्रले प्रकृति र पुरुषको साम्यावस्थालाई सृष्टि मानेको छ । यो सृष्टि प्रकृति र पुरुषबाट भएको तर्कलाई साङ्ख्यशास्त्रले अघि सारेको छ । सृष्टिको क्रमबद्धतामा जुन अवस्थालाई हाम्रा धर्मशास्त्रले बताएका छन् । सृष्टिको उत्पत्तिमा प्रकृति र पुरुष नै कारण तत्व बनेर उपस्थित भएका छन् । यसरी सृष्टि भएको मानव र प्रकृति आज नाश हुने अवस्थामा पुगेको देखिन्छ । प्रकृतिमाथि विजय पाउन खोज्ने मानिस आज प्रकृतिका अघि नै लाचार बनेर उभिएको छ ।
पृथुको विजय
पृथुको राज्याभिषेक भएपछि पृथ्वी अन्नहीनको अवस्थामा रहेकी थिइन् । पृथुको राज्याभिषेकपछि उनका जनता पृथुसित याचना गर्न थाले । याचना गर्दै भन्छन् :
वयं राजाञ्जाठरेणभितप्तायथाग्निनाकोटरथ्येन वृक्षाः
त्वामद्ययाताः शरणं शरण्यं यः साधितो वृत्तिकरः पतिर्नः ।।
जङ्गलमा लागेको डढेलोले जसरी रूखहरू जलेर नष्ट हुन्छन् त्यसरी नै हामी भोकको ज्वालाले जलिरहेका छौँ । तपाईं शरणागतको रक्षा गर्ने हाम्रा अन्नदाता हुनुहुन्छ त्यसैले हामी तपाईंको शरणमा आएका हौँ । यो जनताको शासकप्रतिको पूर्णविश्वास र आस्थाको अवस्था थियो । शासकले जनताको विचारलाई बुझ्न र त्यसबाट उत्पन्न परिस्थितिलाई जीवन्त बनाउन आवश्यक थियो र यसमा पृथु सक्षम पनि भएका थिए ।
पृथुले जनताका लागि पृथ्वीको दोहन गरे । उनले गरेको दोहन व्यक्तिगत थिएन । उनले जनताका लागि पृथ्वीलाई अन्न र वनस्पतिले सजाए । उनको राज्यमा जनता पछिल्लो समयमा भोकै बस्नु परेन । शासकीय कार्य व्यवस्थालाई उनले गतिलो तरिकाले चलाएको देखियो ।
पृथुले जनताको यो अवस्था देखे । यो अवस्थाबाट मुक्तिका लागि उनले पृथ्वीसित याचना गरे तर पृथ्वीले सबै अन्न र वनस्पतिलाई आफूभित्र समाहित गरेकाले उनले मानिनन् । अन्त्यमा पृथु पृथ्वीलाई नै समाप्त पार्ने उद्देश्य लिएर क्रोधित भए । उनले पृथ्वीलाई सम्बोधन गर्दै भने
वसुधे त्वांवधिष्यामि मच्छासनपराङ्मुखीम्
भागं बहिर्षि या वृङ्क्ते न तनोति च नो वसु ।।
हे पृथ्वी ! तिमीले मेरो शासनको अवज्ञा गर्यौ । तिम्रो मृत्यु अवस्य छ । तिमीले यज्ञबाट देवताका रूपमा भाग ग्रहण गर्ने अन्न नदिने । पृथुले जनताको हितका लागि पृथ्वीलाई नै समाप्त पार्ने अवस्थामा आफूलाई उभ्याए । पृथुले अझ पृथ्वीलाई प्राणीहरूको भरण पोषणका लागि बनाइएको अन्न आफूमा लीन गर्ने तिम्रो प्रवृत्तिले आज मेरा जनता भोकै बसे । तिमीले आफभित्र लुकाएको अन्नलाई प्रवाह गर भनेर आफ्नो भनाइ राखे । पृथुको भनाइपछि पृथ्वी अन्न र वनस्पतिले युक्त भएको तथ्यलाई भागवतमा उल्लेख गरिएको छ ।
पृथुले जनताका लागि पृथ्वीको दोहन गरे । उनले गरेको दोहन व्यक्तिगत थिएन । उनले जनताका लागि पृथ्वीलाई अन्न र वनस्पतिले सजाए । उनको राज्यमा जनता पछिल्लो समयमा भोकै बस्नु परेन । शासकीय कार्य व्यवस्थालाई उनले गतिलो तरिकाले चलाएको देखियो । पुराणमा वर्णित यो प्रसङ्ग आज पृथ्वीमा देखिएको अवस्था र पृथ्वी तातेको तथ्यलाई पनि लिन सकिन्छ । आजको विज्ञान पृथ्वीको तापक्रम बढ्दै गएकोमा चिन्तित देखिएको छ । यो अवस्था किन आयो भन्नु आजको चासोको विषय पनि हो । मानिसको जीवनका लागि जेजति प्रगति विज्ञानले गरेको छ त्यो पक्कै पनि मानव विकासका लागि सराहनीय पक्ष मान्नुपर्ने हुन्छ नै ।
प्रकृतिको दोहन
पृथुले प्रकृतिको दोहन गरे । आज हामीले पृथ्वीको होइन प्रकृतिको दोहन गरिरहेका छौँ । आजको विज्ञानले जुन किसिमले प्रकृतिको दोहनलाई प्राथमिकता दियो त्यसले पृथ्वीलाई नै समाप्त पार्ने अवस्था देखियो । विकास, प्रगति र उन्नतिका नाममा गरिने विकासले आज पृथ्वीको तापक्रम र प्रकृतिमा परिवर्तन आएको छ । समयमा पानी नपर्नु, पृथ्वीको तापमानमा परिवर्तन आउनु यसका सङ्केत होइनन् र ! आजको विकास विज्ञानले भरिएको छ । स्थानीय सरकारमार्फत गाउँको विकासलाई हामीले प्राथमिकतामा राखेका छौँ । विकास भएको पनि छ ।
यो विकासको पूर्वाधारलाई हाम्रा सरकारले गौरवको विषय ठानेका छन् । विकास हुनु देशका लागि उपयोगी विषय पनि हो । गाउँ खाली भए । गाउँका मानिस सहर छिरे । शहरका मानिसलाई सहरले केही पनि दिन सकेन र विदेशिए । विकास भने स्थानीय सरकारमार्फत गाउँमा भयो । मानिस नभएको ठाउँमा विकासको औचित्य पुष्टि हुन्छ र !
नेपाल प्रकृतिको सुन्दर मनोमय देश हो । यहाँका हिमाल, पहाड र तराईका फाँटले नेपालको प्राकृतिक सुन्दरतालाई जीवित बनाएका छन् । नेपालको सांस्कृतिक विविधताले यो देशको सुन्दरतालाई जीवन्त बनाएको छ । विविधतामा पनि हामी एकतामा रमेर बसेका छौँ । यही हाम्रो पहिचान हो । यो पहिचान संसारका कुनै पनि देशमा देखिएको छैन र छैन पनि । विविधतामा रहेर पनि एकतामा रम्ने हाम्रो पहिचानलाई संसारले प्रशंसा नै गरेको छ । आर्थिक दृष्टिले समुन्नत हुन नसकेको भए पनि आज हामी प्रकृति र सांस्कृतिक दृष्ष्टिले सम्पन्न बनेर देखिएका छौँ । यो हाम्रो देशको भिन्न पहिचान पनि हो संसारका सम्पन्न मुलुकका लागि ।
पृथुले पृथ्वीबाट सबै पाए । पृथ्वीबाट पाएको अन्न र वनस्पतिबाट आफू र आफ्नो राज्यका जनतालाई सुखी तुल्याए । पृथ्वीबाट सबै पाइन्छ भन्ने विश्वास उनमा थियो र सफल पनि भए । हामी त्यस अवस्थामा रहेनौँ । हामी प्रकृतिलाई मासेर सबै पाइन्छ भन्ने विश्वासमा रहृयौँ ।
विज्ञानले आजको समाज र यो समाजका मानिसलाई सम्पन्न बनाएको छ । आजको मानिस विज्ञानका माध्यमबाट आफूलाई व्यवस्थित गर्न र आधुनिक जीवनशैली बाँच्न सफल पनि भएको छ । तर, मानिसले आजको समयमा आफूलाई प्रकृतिको विरोधीका रूपमा प्रस्तुत गरेको छ । प्रकृति र त्यसको सभ्यतालाई वैज्ञानिक विकासका नाममा जुन कुराको उन्नति मानिसले गरेको छ त्यसमा ऊ अझ सन्तुष्ट हुन सकेको छैन । यो कारण आजको मानिस विज्ञानको उन्नतिका लागि सदा गतिशील बनेको मानिस पनि हो । विज्ञानका कारण आजको मानिस चन्द्रमामा पुगिसकेको छ । विज्ञानले गरेको प्रगतिले आजको विश्व संसारमा एकाकार भएको छ । यो पक्कै पनि विज्ञानले मानिसलाई दिएको वरदान पनि हो ।
राजा पृथुले पृथ्वीको दोहन गरे । उनले प्रकृतिलाई चलाएनन् । पृथ्वीबाट मानिसका जीवनयापनका लागि जे चाहिन्थ्यो त्यो उनले पृथ्वीसित मागे । विज्ञानसित उनले मागेनन् तर आज हामीले विज्ञानसित मागिरहेका छौँ । विज्ञानले हामीलाई सुविधासम्पन्न पनि बनाएको छ । यो सुविधा विज्ञानले हामीलाई दिएको पनि छ । आजको विश्वलाई चिन्ताले सताएको छ । आज विश्वमा भएको भौतिक परिवर्तनले पृथ्वीलाई नै सकसमा पारिदिएको छ । प्रकृतिको दोहन र प्रकृतिले अपनाएको यो डरलाग्दो अवस्थाबाट हामीले मुक्ति पाउने अवस्था देखिएको छैन । नेपालको काठमाडौं संसारकै सबैभन्दा प्रदूषित सहरका रूपमा दरिन पुग्यो । यो पक्कै पनि चिन्ताको विषय बनेको छ ।
प्रकृतिबाट पाइने वस्तुलाई हामीले सदुपयोग गर्न सकेनौँ । विकासका नाममा हामीले गाउँलाई पहिराको केन्द्र बनायौँ । नेपालको तराई पनि अरबजस्तै तातोको रापमा रापिन थालेको छ । विकसित मुलुकले कृत्रिम वर्षा गराएर आफूलाई शक्तिशाली बनाइरहेका छन् । युद्धका कारण प्राकृतिक वातावरण कमजोर बनेको छ । तुँवालो र प्रदुषित वायुका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । आजको संसारले दुईवटा युद्ध भोगिरहेको छ । यी युद्धले संसारमा प्राकृतिकमात्र होइन आर्थिक अवस्थालाई पनि बिगारिदिएका छन् । यो अवस्था किन आयो ! आज संसार आर्थिक मन्दीको चपेटामा छ । यो आर्थिक मन्दीले सामान्य जीवनयापन गर्नेदेखि सम्पन्न व्यक्तिलाई समेत चपेटामा पारेको छ । आजको विश्वलाई जुन अवस्थाले गाँजिरहेको छ त्यो चिन्ताको विषय पक्कै पनि होला !
पृथुले पृथ्वीबाट सबै पाए । पृथ्वीबाट पाएको अन्न र वनस्पतिबाट आफू र आफ्नो राज्यका जनतालाई सुखी तुल्याए । पृथ्वीबाट सबै पाइन्छ भन्ने विश्वास उनमा थियो र सफल पनि भए । हामी त्यस अवस्थामा रहेनौँ । हामी प्रकृतिलाई मासेर सबै पाइन्छ भन्ने विश्वासमा रहृयौँ । त्यसैले आजको विश्व डराएको छ । प्रकृतिमा देखिएको परिवर्तन र त्यसले निम्त्याउने डरलाग्दो अवस्थालाई देखेर । यो अवस्था आउनुमा पक्कै पनि प्रकृति दोषी होइन । हामी मानिस नै दोषी हौं ।
विज्ञान दोषी होइन । विज्ञानका नाममा हामीले गरेका प्रकृति विरोधी कार्य दोषी हुन् । कुनै पनि देश दोषी होइनन् । ती देशले शक्तिशाली बन्ने नाममा हतियारका लागि खर्चिने रकम दोषी हो । त्यसैले पृथ्वीबाट पाइने वस्तु र वनस्पतिलाई सम्मान गरौँ । प्रकृतिको दोहन होइन पृथुले जस्तै पृथ्वीको दोहन गरौँ । आफू र संसारका सबै मानिसलाई सुखी तुल्याऊँ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच