काठमाडौं । एपिएफकी अनिशा तामाङले १८औँ राष्ट्रिय पुरुष तौलसमूह तथा १७औँ राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराँते प्रतियोगिताको महिला खुला तौलसमूहमा स्वर्ण जित्नुभएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको फाइनलमा अनिशाले आफ्नै क्लबकी सुमित्रा नगरकोटीलाई पराजित गर्दै स्वर्ण जित्नुभएको हो ।
नेपाल क्योकुसिन कराँते डो संघ वज्रद्वारा आयोजित प्रतियोगिताको पुरुष ५० केजीमा आयोजक वज्रका विज्ञान तोलोंगी पहिलो हुनुभयो । उहाँले फाइनलमा वज्रकै हेमन बस्नेतलाई हराउनुभयो । पुरुष ६० केजीमुनि फाइनलमा नेपाल आर्मीका प्रवीण माझीले आर्मीकै केशरबहादुर नेपालीलाई पाखा लगाउँदै स्वर्ण हात पार्नुभयो ।
पुरुष ७० केजीमुनि आर्मीका सनीसिंह सुनार शीर्ष स्थानमा रहनुभयो । उहाँले फाइनलमा आयोजक वज्रका विकास शाहीलाई पन्छाउनुभयो । पुरुष ७० केजीमाथि आइकेओका अमित महर्जनले फाइनलमा एपिएफका पेम्बाछिरी तामाङको चुनौती पन्छाउँदै स्वर्ण जित्नुभयो ।
हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः १० हजार, पाँच हजार र दुई हजार पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरियो ।
विजेतालाई आयोजक वज्रका अध्यक्ष जगत्प्रसाद गौचन, वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरलगायतले पुरस्कार प्रदान गर्नुभयो । दुईदिने प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी र एपिएफ गरी नौ टिमका ८० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच