तिला गाउँपालिकाद्वारा जाडो लक्षित जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको गाउँपालिकाले जेष्ठ नागरिकको सम्मान गर्दै चिसोबाट बच्नका लागि न्यानो कपडा अन्तर्गत ज्याकेट वितरण सुरु गरेको छ ।

गाउँपालिकाले ६८ वर्ष माथिका जेष्ठ नागरिकलाई लक्षित गरि जेष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रमबाट मंगलबार पालिकाको वडा नं। १,२ र ३ वडाका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो ।यो आर्थिक वर्षमा दश लाख बजेट अध्यक्ष कार्यक्रमबाट विनियोजित गरिएको थियो ।

जेष्ठ नागरिकलाइ उच्च गुणस्तरको ज्याकेट प्रदान गरिएको छ ।अत्याधिक चिसोबाट केही राहत पुगोस् भनेर यो कार्यक्रम लागु गरिएको हो । यहाँका नौवटै वडाका जेष्ठ नागरिकलाई ज्याकेट वितरण गरिने गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ । पहिलो चरणमा पालिकाको वडा नं। १ मा ४९ जना,वडा नं। २ मा ७८ र वडा नं। ३ मा ८२ जना गरि जम्मा दुई सय ९ जना जेष्ठ नागरिक लाई न्यानो कपडा (ज्याकेट) वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।जेष्ठ नागरिक संग अध्यक्ष कार्यक्रमबाट क्रमश यहाँका अरुका जेष्ठ नागरिकको घरमै पुगेर वितरण गरिने भएको छ। जाडो समयमा जीवन सुरक्षाका लागि अहिले यो कार्यक्रम ल्याएको हो । अब जेष्ठ नागरिकलाई स्वास्थ्य उपचार लगायत अन्य राहतमुखि कार्यक्रम संचालन गरिने प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले बताउनुभयो ।

जेष्ठ नागरिकलाई विशेष प्रथामिकतामा राखेर पालिकाले काम गरेको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाको भनाइ छ। चिसो याममा यहाँका जेष्ठ नागरिकको चाहाना अनुसार तिला सरकारले न्यानो कपडा वितरण गरेकोमा निकै राहत पुगेको छ । जेष्ठ नागरिकको स्वास्थ्य जाँच लगायतका अन्य कार्यक्रम ल्याउन तिला गाउँपालिका लाग्नुपर्ने तिला(१ का जेष्ठ नागरिक गोरिकला रावतले बताउनुभयो । पालिकाले न्यानो कपडा वितरण गरेपछि यहाँका जेष्ठ नागरिकमा खुसी छाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?