सातौँ युवा वैज्ञानिक शिखर सम्मेलन

Read Time = 2 mins

काठमाडौं । नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब एसएस/कलेजको संयुक्त आयोजनामा दुईदिने सातौँ युवा वैज्ञानिक शिखर सम्मेलन २०२३ युनिग्लोब कलेज, कमलादी काठमाडौंमा सम्पन्न भएको छ । नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट), राष्ट्रिय आविष्कार केन्द, नेपाल युवा परिषद्, युनेस्को नेपाल, अनुसन्धान तथा विकास सोसाइटी नेपाल र नेपाल विज्ञान शिक्षक समाजसँगको सहकार्यमा आयोजित सम्मेलनमा प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट कक्षा आठदेखि १२ सम्मका युवा वैज्ञानिकको सहभागिता थियो । सम्मेलनमा ३१ विद्यालयका ५६ वटा अनुसन्धान प्रोजेक्टबीच प्रतिस्पर्धात्मक प्रतियोगिता भएको थियो ।

सम्मेलनमा युवा वैज्ञानिकहरूले इञ्जिनियरिङ तथा रोबोटिक्स, जीव विज्ञान, रसायन तथा पर्यावरण विज्ञान, भौतिक विज्ञान र गणित र कम्प्युटर विज्ञानमध्येको (आर्टिफिसियल इन्टेलिजेन्ससमेत)का विधामा प्रस्तुति दिएको आयोजकले जनाएको छ । शीर्ष विजेताहरू सन् २०२३ सेप्टेम्बर २७ देखि अक्टोबर १ सम्म मेक्सिकोको सोनोरामा आयोजना हुने १२औँ एसिया प्यासिफिक युवा वैज्ञानिक सम्मेलनमा सहभागी हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?