काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अबको दशक आन्तरिक रोजगारी दशकको रुपमा मनाउने बताउनुभएको छ ।
बुधवार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आन्तरिक रोजगारी सिर्जना गर्न र देशभित्रै रोजगारी स्थापना गर्नका लागि सानासाना व्यवसायहरुमा पनि जोड दिन आवश्यक रहेको बताउनु भयो । उहाँले सिपलाई अबको एक दशक देशमा सिपमुलक तालिमहरु दिनुपर्ने बताउनु भयो । उहाँले सोहीअनुसार मन्त्रालयले योजना बनाइ काम गरिरहेको जिकिर गर्नुभयो । उहाँले वैदेशिक रोजगारीमा जानेहरुलाई कसरी सुरक्षित गर्न सकिन्छ भनेर पनि काम गरिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आन्तरिक रोजगारी सिर्जना गर्नका लागि र देशभित्रै रोजगारी स्थापना गर्नका लागि सानासाना व्यवसाय सञ्चालन गर्नको लागि त्यसमा गहन रुपमा हामी काम गरिरहेका छौँ । आन्तरिक रोजगार दशक र आन्तरिक रुपमा नै हामीले सिपलाई अबको एक दशक यो देशमा सिपमुलक तालिमहरु दिनुपर्छ भनेर योजना बनाइ काम गर्ने तयारी गरिरहेका छौँ । काम अघि बढाइरहेका छौँ । वैदेशिक रोजगारीमा जानेहरुलाई कसरी सुरक्षित गर्न सकिन्छ भनेर पनि काम गरिहेका छाँै ।’
मन्त्री अर्यालले देश समृद्ध बनाउन स्वदेशमै रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले शिक्षा नीति र बजारको माग नमिलेकाले अहिलेको प्रविधियुक्त मागलाई परिपूर्ति गर्नेगरी काम गरिरहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच