![बर्दियामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु](https://ehimalayatimes.com/wp-content/uploads/2022/04/Dubera-nidhan-Water-mirtu-Hita.jpg)
मकवानपुर । एष्ट्रोनोभा फाउण्डेशन नेपालको अनुसन्धान तथा आविष्कार केन्द्रले हेटौंडामा १८ दिने निःशुल्क तालिम आयोजना गरेको छ । मंगलबार तालिम विधिवत रुपमा सुरु भएको हो ।
फाउण्डेशनले एसइइ परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई स्टीम क्याम्पको रुपमा विभिन्न ९ प्रकारको तालिम सञ्चालन गरिरहेको छ ।
जसअन्तरगत विज्ञान प्रविधिसंग सम्बन्धित रोबटिक्स एण्ड अटोमेशन, वेव डेभलपमेन्ट, साइबर सेक्यूरेटी, आर्ट एण्ड पेन्टीङ, रकेट साइन्स एण्ड एनिमेशन, ड्रोन ओर्कशप इन्जिनियर, रिसर्च राइटिङ ओर्कशपलगायत विभिन्न विषयमा प्रशिक्षार्थीहरुलाई विषय विज्ञहरुले सहजिकरण गरिरहेको फाउण्डेशनका अध्यक्ष किशन बास्तोलाले जानकारी दिनुभयाे ।
सानै उमेरदेखि बालबालिकाहरुलाई आफ्नो रुचीको क्षेत्र पत्ता लगाउन सहज होस् र पढाइलाई सिकाइमा रुपान्तरण गर्न मद्धत मिलोस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको उहाँले बताउनु भयाे ।
तालिममा विभिन्न जिल्लाका १३५ जना विद्यार्थीहरु सहभागी छन् । उनीहरुलाई प्रोजेक्ट ओर्क, प्यानल डिस्कसन, सोसिएल क्याम्पेनिङ गराएर शिक्षण सिकाई कार्य सञ्चालन भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच