बरुण हत्या काण्ड : ८ जना पक्राउ

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 3 mins

बर्दिया । बरुण घिमिरेको हत्याको आरोपमाप्रहरीले ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा गुलरिया नगरपालिका-६ का २३ वर्षिय सुलभ थापा, वार्ड न ५ का १९ वर्षिय दिपेश बुढामगर, वार्ड न ६ का २४ वर्षिय धिरज ठाकुर, वार्ड न ८ का १९ वर्षिय सन्दिपथारु, सोहि वडाका १९ वर्षिय दिनानाथ चौधरी , वार्ड न ६ कृष्णसार टोलका १८ वर्षिय रक्षक भनिने रोशनशाह , वार्ड न ४ गणेश चोकका १८ वर्षिय निश्चल थापा क्षेत्री र बर्दिया ठाकुरबाबा नगरपालिका-३ विदुरपुरका २३ वर्षिय तर्क भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तुल्सिराम अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनामा संलग्न गुलरिया नगरपालिका-६ का १९ वर्षिय सुरेश भनिने सुयस थापा, गुलरिया ५ का २० वर्षिय आलोक आश्रित, र गुलरिया-४ का १९ वर्षिय सुमन सुनार फरार रहेका छन् । उनिहरुको खोजीकार्य जारी रहेको छ । प्रहरीकाअनुसार गएको कात्तिक २७ गते राति १२ बजेर ३० मिनेटको समयमा गुलरिया नगरपालिका-६ निवासी २० वर्षिय बरुण घिमिरेलाई गुलरिया-५ का सुलभ थापालगायतकाले विभिन्न हातहतियार प्रयोग गरी मरणासन्न हुने गरी घाइते बनाई भागेका थिए ।

गम्भिर घाइते भएका बरुणको उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो । घटना लगत्तै फरार भएका मध्ये प्रहरीले ८ जनालाई पक्राउ गरेको हो । घटनामा परी अन्य २ जना गुलरिया-६ का २१ वर्षिय मोहित पुन र राजापुर नगरपालिका-६ का २० वर्षिय रञ्जन कुँवर घाइते भएका थिए । उनिहरुको अवस्था सामान्य रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?