मौद्रिक नीति समिक्षाको प्रभावः शेयर बजारमा तेस्रो सर्किट लागेसँगै कारोबार बन्द

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । गत शुक्रवार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति समीक्षामार्फत शेयर कर्जामा लाग्ने जोखिमभार १२५ बनाएसँगै शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ ।

मौद्रिक नीतिको समिक्षापछि खुलेको पहिलो कारोबारमा नेप्से परिसूचकमा लगातार तीन सर्किट लागिरहेको छ । आईतवारको प्रि ओपन सेयनमा १३ अंकले बढेको नेप्से कारोबार खुलेको ५ मिनेटमा नेप्से ४ प्रतिशतले बढेर पहिलो सर्किट लागेको थियो । ४ प्रतिशतको सर्किट लागेर २० मिनेट कारोबार रोकिएर खुलेको २ मिनेटमा नेप्से ५ प्रतिशतले बढ्यो ।

कारोबार खुलेको ७ मिनेटमा नेप्से ९२.७३ अंकले बढ्यो । ४० मिनेट रोकिएको कारबोरमा खुलेको पुनः २ मिनेटमा ६ प्रतिशतले बढेको नेप्से कारोबार आजको लागि बन्द भएको छ । बजारमा सर्किट लागेर करिब डेढ घण्टा मा बजार बन्द हुँदा साताको पहिलो कारोबारको दिन नेप्से परिसुचक १११.२० अंकले बढेर १ हजार ९ सय ६३.९८ को बिन्दुमा पुगेर नेप्से परिसूचक रोकिएको छ ।

आईतवारको कारोबारमा २४४ कम्पनीको १३ लाख ६७ हजार ६१५ कित्ता शेयर ४८ करोड २४ लाख ८२ हजार २३९ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आईतवारको कारोबारमा ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । करिब ३० कम्पनीको शेयर मूल्य सर्किट लेबलमा बढेको छ । तर यता २२७ कम्पनीको शेयर मूल्य बढ्दा ५ कम्पनीको घटेको छ । कारोबार रकमका आधारमा माउन्टेन इनर्जीले ३ करोड ५८ लाख २५ हजार ८३३ रुपैयाँको शेयर किनबेच भएको छ । त्यसपछि दोस्रो र तेस्रो स्थानमा सोनापुर मिनरल्स एण्ड आयल र नेपाल इन्स्योरेन्स कम्पनीको धेरै कारोबार भएको छ ।

शुक्रवार राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा ब्याजदर घट्ने नीति लिँदै राष्ट्र बैंकले नीतिगत दरहरु घटाएको छ । त्यस्तै बैंकमा लगानी योग्य रकम अधिक रहेको अवस्थामा कर्जा प्रवाह बढाउने नीति लिँदा शेयर कर्जाको जोखिमभार पनि १५० प्रतिशतबाट १२५ मा झारेको छ । सेयर बजारमा सकारात्मक सर्किट लागेर बन्द भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?