हार्डवेयर व्यवसायीद्वारा उधारो बन्द

Read Time = 2 mins

डडेल्धुरा । डडेल्धुरा जिल्लाका हार्डवेयर व्यवसायीले बैंक ग्यारेन्टीबिनाको कारोबार नगर्ने निर्णय गरेका छन् । कोरोना महामारीले थला परेको व्यवसायमा थप आर्थिक मन्दीले धरासायी भएको भन्दै हार्डवेयर सामग्री उधारोमा नदिने निर्णय गरेको डडेल्धुरा हार्डवेयर व्यवसायी संघका अध्यक्ष लालमणि पन्तद्वारा हस्ताक्षरित निर्णय पत्रमा उल्लेख छ ।

विभिन्न निर्माण सामग्री उत्पादक तथा सप्लायर्सले नगद कारोबारमा मात्र निर्यात तथा सामग्री उपलब्ध गराउने भएकाले सोहीअनुरूप जिल्लाका व्यवसायीले पनि नगदमात्र वा बैंक ग्यारेन्टीमा मात्र कारोबार गर्ने बताएका हुन् । हार्डवेयर सामान लैजाने पुराना ग्राहकले निर्माणको सम्बन्धित निकायबाट भुक्तानी प्राप्त गरेर पनि भुक्तानी नगर्दा र बजारमा आएको मन्दी र बैंकहरूले ऋण ब्याजमा अचाक्ली वृद्धि गरेका कारण बाध्य भएर उधारोमा कारोबार नगर्ने निर्णय गरिएको अध्यक्ष पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बजारमा २० करोडभन्दा बढी उधारो छ, सरकारले बजारमा आर्थिक गतिविधि हुने कुनै पनि काम नगरेका कारण व्यवसायीहरू मर्कामा छन् ।’ डडेल्धुरा हार्डवेयर व्यवसायी संघमा निर्माण सामग्रीसम्बन्धी २२ जना सप्लायर्स व्यवसायी आबद्ध रहेको संघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?