राष्ट्र बैंकद्वारा हिमालयनलाई प्रशंसापत्र

Read Time = 1 min

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६८औँ वार्षिकोत्सवका अवसरमा वाणिज्य बंैकमध्ये सबैभन्दा बढी विप्रेषण भित्र्याउन सफल हिमालयन बैंकलाई सम्मानपत्र प्रदान गरेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई प्रशंसापत्र हस्तान्तरण गर्नुभएको हो । हिमालयन बैंकले आर्र्थिक वर्ष २०७८/०७९ मा देशमा भित्रिएको कुल विप्रेषणको १६.९० प्रतिशत रकम भित्र्याउन सफल भएकोमा सम्मान प्राप्त गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?