काठमाडौं । नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको सेयर प्रत्याभूति गर्ने भएको छ । सोसम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पाल्पा सिमेन्टका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार पाल्पा सिमेन्टको प्रतिकित्ता एक सय रुपैयाँ अंकित ७५ लाख कित्ता बराबर हुन आउने ७५ करोडको सेयर कोषले प्रत्याभूति गर्नेछ । सम्झौता कार्यक्रममा कोषका कामु नायब कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र सिमेन्ट इण्डस्ट्रिजका उच्च व्यवस्थापक सहभागी थिए । यसअघि पनि कोषले विभिन्न कम्पनीको सेयर प्रत्याभूति गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच