![नबिलको सिइओमा फेरि ढुंगाना](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/CEO-Gyanendra-Prasad-Dhungana-nabil.jpg)
काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकता मध्यनजर गर्दै डाटा चलाउन विभिन्न प्रकारका इन्टरनेट सुविधा उपलब्ध गराउँदै आएको छ । इन्टरनेट सुविधाका लागि समय-समयमा विभिन्न प्रविधि भित्रिने र परिमार्जन हुने क्रम जारी रहेको अवस्था छ । हाल कम्पनीले उपलब्ध गराइरहेका विभिन्न सेवामध्ये इन्टरनेट सेवा एक हो ।
जसका लागि कम्पनीले विभिन्न वैकल्पिक प्रविधिमार्फत् इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको एफटिटिएच प्रविधिको एनटी फाइबर सेवा, मोबाइलमा उपलब्ध हुने फोरजी सेवा र नमस्ते वाइफाई सेवा सेवाग्राहीका लागि रुचिकर बनेका छन् ।
कम्पनीले देशका अधिकांश भू-भागमा फाइबर टु द होम (एफटिटिएच) सेवा उपलब्ध गराइरहेको जनाएको छ । एउटै तारबाट आवश्यकताअनुसार चारवटा सुविधा चलाउन सकिने भएकाले कम्पनीले थ्री प्लस वान अर्थात् ‘अब एउटैमा तीन प्लस १’ सेवा नामकरण गरेको छ । कम्पनीले ५०, ७५, सय, एक सय ५० र दुई सय एमबिपिएसमा एनटी फाइबर सेवा उपलब्ध गराइरहेको छ ।
त्यसैगरी मोबाइलमार्फत् कसैलाई कल गर्नमात्र नभई डाटासमेत चलाउन सकिन्छ । फोरजी सेवासँगै मोबाइलमा उपलब्ध हुने डाटाको लोकप्रियता बढिरहेको पनि कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच