‘बिजुली च्याप्टर १’ को घोषणा

Read Time = 2 mins

काठमाडौं । फिल्म ‘बिजुली च्याप्टर १’ बन्ने भएको छ । काठमाडौंमा शुक्रबार एक कार्यक्रम गर्दै फिल्मको फस्टलुकसँगै कलाकार सार्वजनिक गरियो । विकास गिरीको लेखन तथा निर्देशन रहने फिल्ममा लुना केसीको लगानी रहनेछ ।

बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा मुकुन भुसाल, बेनिषा हमाल, कालु राना अनुबन्ध भएका छन् भने बाँकी कलाकार चाँडै छनोट हुनेछन् ।

निर्माण पक्षका अनुसार हिन्दू धर्मग्रन्थहरु रामायण, महाभारत र भागवत गीताका चरित्रलाई समेटेर फिल्म बनाउन लागिएको हो । केदार भुसाल क्रिएटिभ प्रोड्युसर रहने फिल्मको छायांकन भदौ तेस्रो साताबाट सुरु हुनेछ ।

फिल्ममा हरि घले लामाको छायांकन रहनेछ । निर्देशक गिरीका अनुसार चार युग सत्य, त्रेता, द्वापर र कलियुगको प्रतिनिधि पात्रको कथामा बन्न लागेको फिल्मको अर्को भाग पनि निर्माण गरिनेछ ।

सोसियल ड्रामा तथा सस्पेन्स कमेडी जनराको फिल्मले नेपाली दर्शकलाई एउटा फरक टेस्ट दिने क्रियटिभ प्रोडूसर केदार भुसालले बताए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?