काठमाडौं । चलचित्र ‘फर्की फर्की’को विदेश अधिकार बिक्री भइरहेको छ । चलचित्रका निर्माता रोहित अधिकारीका अनुसार, ट्रेलर रिलिजपछि विदेशबाट उच्च माग भएको हो । चलचित्रलाई जापानमा सुभाष लामिछानेले वितरण गर्ने पक्का भएको छ । यस्तै, दक्षिण कोरियामा चलचित्रको वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रालिले लिएको छ ।
नेपाली चलचित्रका लागि सर्वाधिक राम्रो मानिएको अष्ट्रेलियाको बजारमा ब्ल्याक आई क्रियशनले यसको वितरणको जिम्मा लिएको छ । हङ्कङमा भने चलचित्रलाई ओपिजी फिल्मसले बिक्री गर्नेछ ।
यीबाहेक अन्य देशमा पनि चलचित्रको अधिकार बिक्रीका लागि कुरा भइरहेको निर्माता रोहित अधिकारीले जानकारी दिनुभएको छ । सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारको अभिनय छ ।