काठमाडौं । रञ्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्टमा भएको छ । आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता यादव अहिले ३३ दिवसीय युरोप कला यात्रामा हुनुहुन्छ । उहाँले युरोपका जम्मा चारवटा देशको भ्रमण गर्नु हुनेछ भने तीन देशमा एकल चित्रकला प्रदर्शनी गर्ने कार्यक्रम छ ।
नेपाली समाज जर्मनीले फ्रयान्कफर्टमा आयोजित नेपाल डेको अवसरमा एकल चित्रकला प्रदर्शनी आयोजना गर्न चित्रकार यादवलाई नेपालबाट आमन्त्रण गरेको थियो । नेपाली समाजले प्रत्येक वर्ष अप्रिल २० तारिखमा नेपाल डे मनाउँदै आएको छ । त्यस अवसरमा यादवका २४ वटा चित्रहरू प्रदर्शनीमा राखिएको थियो ।
कार्यक्रममा यादवले नेपालमा मिथिला कलाको विकास, आफ्नो कला यात्रा र समाज रूपान्तरणमा आफ्ना चित्रहरूको प्रभावबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले चित्रकार यादवको चित्रकला प्रदर्शनीले नेपाली कला संस्कृतिको जर्मनीमा प्रवद्र्धन हुने र यसले फ्रयान्कफर्टजस्तो अन्तर्राष्ट्रिय शहरमा नेपालको सांस्कृतिक कूटनीतिमा सघाउ पुग्ने विचार व्यक्त गर्नुभयो ।
नेपाली समाजका अध्यक्ष शिव अधिकारीका अनुसार जर्मनीका विभिन्न शहरबाट आएका करिब दुई सय पचास जना नेपाली र जर्मन नागरिकहरू कार्यक्रममा सहभागी थिए भने उनीहरूले चित्रकार यादवको एकल चित्रकला प्रदर्शनीलाई अवलोकन गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच