प्रचण्ड र आरजुबीच दिल्लीमा भेटवार्ता

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नि आरजु राणालाई भेट गर्नुभएको छ । उहाँहरूबीच नेपाली दुतावास दिल्लीमा भेटवार्ता जारी छ ।

यसैबीच, शुक्रबार दिल्ली पुग्नुभएका प्रचण्ड भेटघाटमा व्यस्त हुनुहुन्छ ।

भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणमा भारत पुग्नुभएका अध्यक्ष प्रचण्डलाई विमानस्थलमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले स्वागत गर्नुभएको थियो । उहाँसँग होटल ताज मानसिंहमा शिष्टाचार भेट भएको छ ।

गएराति नै उहाँले नेपाली राजदूतावासमा नेपाली संघ संस्थाका प्रतिनिधिहरूसंग भेटघाट गर्नुभएको र नेपाली राजदूतद्वारा आयोजित रात्रिभोजमा सहभागी हुनुभएको थियो ।

आज भने प्रचण्ड राजनीतिक भेटवार्तामा व्यस्त हुँदै हुनुहुन्छ । आज उहाँले भारतका राष्ट्रीय सुरक्षा सल्लाहकार अजीत डोभाल, विदेश मन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै विदेश सचिव विनय मोहन क्वात्रासँग पनि उहाँको भेटवार्ता हुने छ । त्यस्तै प्रचण्ड फाउन्डेसन फर पब्लिक अवेरनेस एन्ड पोलिसी नामक संस्थाद्वारा आयोजित नेपाल भारत सम्बन्धी सेमिनारमा प्रमुख वक्ताको रूपमा सहभागी हुनुहुनेछ ।

भारतका विदेश मन्त्रीले प्रचण्डको सम्मानमा दिने रात्रिभोजमा सरकारका शीर्ष मन्त्रीहरूसँग भेटघाटको कार्यक्रम रहेको जनाइएको छ ।

त्यस्तै आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भ्रमणको कार्यक्रम रहेको छ । आइतबार नै प्रचण्ड भाजपा मुख्यालय भ्रमणमा पुग्नुहुनेछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?