बालेनसँग सिक मुलुक चलाउन

Read Time = 15 mins

व्यक्तिभन्दा समुदाय राम्रो मान्ने हाम्रो प्रचलन किन पनि ठीक लाग्थ्यो भने व्यक्ति त सन्कन पनि सक्छ । ठीक ढंगले काम गर्दा पनि त धेरैका सोचका अगाडि एक्लाका सोचले त भाँती पुर्‍याउन नसक्नु त स्वाभाविक पनि त मानिन्छ नि । धेरैले गरेका काममा एकलाले गरेकामा भन्दा निखार आउँछ भनेर नै त कोही भेटिएन भने घुँडासँगै भए पनि सल्लाह लिएर काम गर्नु भनेर नेपाली लोकले पनि भनेको छ । यतिमात्रै भन्दा मान्दैनन् कि भनेर एक थुकी सुकी सय थुकी नदी पनि भनेर अझै जोड दिएको देखिन्छ । समूहभित्रबाट आफ्ना क्षमताका कारणले व्यक्ति एक्का भएर पनि देखा पर्न सक्छ । यस्तै कुरालाई सम्मान गर्न पनि नेपाली लोक समाजले बिर्सेको छैन ।

यस प्रकारका मान्छेको राम्रो कदर होस् भनेर अरूले गीत गाएको र कालेका बाबुले मुख बाएको भन्ने उखानै चलाइदिए । केटाकेटीका निमित्त बाआमा र जनताका निमित्त राजा र ऐनको जोडा हुँदैनथ्यो । सानु छँदा कसैले मलाई दुःख दियो आफैंले भकुर्न सकिन भने बालाई भन्दिन्छु भनेर ज्यान र सान दुवै जोगाउन मैले पनि जानेको थिएँ । यति मीठो त राजाले पनि पाउँदैन भनेर राजाले खानेजस्तै भएको छ भनेर मीठाको बखान पनि गरिन्थ्यो । यस्ता कुरा कसैले सिकाउँदैनथे । स्वतः नै जानिन्थ्यो जस्तो लाग्छ मलाई । जन्मनेबित्तिकैका बालकको स्तनपानमा प्रवृत्ति देखेर आत्मको अमरता न्याय सिद्धान्तले पनि प्रतिपादन गरेर चार्वाकलाई निरुत्तर बनाएको भेटिन्छ ।

स्वास्थ्यले दिन्छ भने भ्रष्टाचारीलाई सेनाका सुरक्षामा राखेर फाष्ट्याकको काम गराए राम्रो तर प्रजातन्त्र भएको हुनाले तिनले पनि अरूसरह पारिश्रमिक पाउँछन् नै । जलहरी, ओम्नी, सेक्युरिटी प्रेस, सर्प कारखानालाई अनुदानका कारणले विचरा ओली पनि श्रमशिविरको खिचडी खान पुग्लान् जस्तो छरे नि ! त ।

हुन त शास्त्रले समूहलाई भन्दा होस, जोस र जाँगर भएका व्यक्तिलाई ‘सुविचार्य यत्क्रितं, सुदीर्घकाले पिनयाति विक्रियाम्’ भनेर व्यक्तिकै सीप, यश र संकल्पशक्तिको यशोगान गरेको देखिन्छ । हामीले मान्नुपर्ने के देखियो भने ती शास्त्र बनाउनेले कम्तीमा देउवा, ओली र यिनका मतियार जस्ता मान्छे भेटेनछन् । नत्र मान्छेलाई भन्दा कतै पशुलाई पो उपल्लो श्रेणीमा राखेर बित्याँस पार्ने रहेछन् । राजा छान्न त हात्तीलाई माला दिएर पठाइ त हाले । उता मोरा देउताले दानवको चियो गर्न भनेर शरमाशुनिलाई लगाएका थिए । शेबदेका झुण्ड र ओलीका अरिंगाल भेटेको भए यस्तो गर्नुपथ्र्यो होला र ?

तबैतारे तीन तारे कोयलीले फूल पारे कागले हुर्काए बाँदरले गु...। समर्थन गर्न पनि कति जोडा मिलाएको होला । वनपाखामा नै जानुपर्ने अहिले जस्तो गोपी हमाल, हर्क साङपाङ, बालेन्द्र साह भइदिएका भए काग, कोयली र बाँदरको उपमा किन जुटाउनुपर्दथ्यो होला र ! अहिले पनि त हर्कले देखेको श्रमशिविर अरूले देखेका छन् भनेर कसरी मान्नु ? नगरवासीलाई श्रमका निमित्त बोलाएर हर्कले देशैलाई उदाहरण देखाउँदा पनि देश कारखाना, जनता मजदुर अनि सरकार चाहिँ मजदुरहरूको मालिक बनाउने सिद्धान्त मान्ने प्रचण्ड पनि कुर्सीका लोभमा परेर कुरै उठाउँदैनन् त ।

भएभरका फायल खोलेर श्रमशिविर खडा गर्ने अनि भ्रष्ट जतिलाई तिनले काट्नुपर्ने जेलजीवनका वर्षको ७५ प्रतिशत वर्ष चाहिँ श्रम गराएर आत्मनिर्भर बनाई निकाल्ने हो भने भोलि पनि त कोही पराश्रित रहँदैन थियो नि ! ओलीका अरिंगाल ओलीकै कारणले किनारमा बसेर घुटुघुटु थुक निल्न विवश छन् । भएको एउटा कोशीको प्रदेश सरकार पनि बँधुवा भैंसी खरबारीका भीरबाट खँदारिए झैं खँदारियो । न भैंसी न अरिंगाल बिचरा ओली शाक्यका जोलीमा लागेर धान रोपाइँको नौटंकी नदेखाए गरुन् के ।

कसलाई केको चिन्ता कसलाई केको चिन्ता घरज्वाइँलाई खानकै चिन्ता भनेजस्तो मेरा एकजना साथीलाई रवि लामिछानेलाई पूर्वउपप्रधानमन्त्री भन्न मिल्छ कि मिल्दैन भन्ने चिन्ताले छट्पटाएर लेखेका लेख्यै छन् । लाटा देशमा गाँडो तन्नेरी भने जसरी निर्वाचन आयोग दलका तथाकथित नेता सबैलाई छक्याएर खाने रवि जत्तिका जादूगरलाई जादूगरै भने त भइगयो नि ! स्वास्थ्यले दिन्छ भने भ्रष्टाचारीलाई सेनाका सुरक्षामा राखेर फाष्ट्याकको काम गराए राम्रो तर प्रजातन्त्र भएको हुनाले तिनले पनि अरूसरह पारिश्रमिक पाउँछन् नै । जलहरी, ओम्नी, सेक्युरिटी प्रेस, सर्प कारखानालाई अनुदानका कारणले विचरा ओली पनि श्रमशिविरको खिचडी खान पुग्लान् जस्तो छरे नि ! त ।

ओली गएपछि विचरा शेबदे कसरी बसून् । उनी पनि डा.आर्जुका कारण र रुवाखोलो बिर्सन सोहोरेका कारणले । शिविरमा जाउलो खान जाने तयारीमै छन् रे वाह ! मित्रता, सोख मे सोख मिर्चाइयो मे सोख । मित्रता तेहनहोय जे नरको मे ठेलम्ठेल भेलजाय । हिजो राजा र पञ्चले गरेका थिए नमिता सुनीता काण्ड मच्चाउँदा यिनै कांग्रेस र कम्युनिष्ट बुरुकबुरुक उफ्रन्थे आज यिनै काण्डनायक बनेका छन् । किर्नाले गाई भैंसीका आङमा बसेर रगत चुसेर किर्नु बनेझैँ सत्तामा बसेर यिनीहरू पनि किर्ना बनिसकेका छन् ।

यिनका साँप्रामा बाँसका हरिया सिर्कनाले भित्री परिधानमा नै मूत्रोत्सर्जन हुनेगरी कि कानुनले हिर्काउन सक्नुपर्‍यो कि जनताले यिनलाई अब सदाका लागि घरकाजमा फर्काउनु पर्‍यो । किनभने यिनले आफूलाई मात्रै देखे । जनतालाई हेरेनन् देख्दै देखेनन् । जनता बाँको खाएर परिवारै आत्मघात गर्ने अवस्थामा रहँदा पनि यिनका आँखा खुलेनन् । अहिले बालेन्द्रले गरेको देखेर पनि आँखा नखुल्नु भनेको चाहिँ यिनका गिदीमा नै प्रतिभा छैन जस्तो भयो । आवश्यक्ता छ एउटा राम्रो मान्छे आएर महत्वपूर्ण फायलहरू खोलेर यिनलाई भटाभट कानुन बमोजिम कारबाही गरेर तिनलाई श्रमशिविरमा राखेर काम गराउने हो भने देश १० वर्षमा विकसित हुनसक्छ ।

कानुनबमोजिम कारबाही गर्दा भ्रष्टाचार गरेको रकम बराबरको दण्ड जरिवाना तिरेर खान नपाउने होला कि भन्ने हो भने पनि काम गर्दा पाएको पारिश्रमिक जोगाएर एक मानु खान पाउने भएर नै बुढेसकालमा घर फर्कन सक्छन् । राजालाई जनताले कारबाही गरे तर यिनीहरूलाई संसद्ले बनाएको कानुनले कारबाही हुनुपर्‍यो । रातारात भागेर सिंगापुर जाने र सत्ता जोगाउनका निमित्त अँध्यारा कोठामा बसेर सम्झौता गरेर बुलाहालाई सात खुन माफ निरीहलाई दाँत कोट्याउँदा पनि हतकडी हुने गरेका परम्परालाई तोड्नुपर्‍यो । धरानको पानीको समस्या र काठमाडौंको फोहोरको राजनीतिलाई यी दुई युवकले जसरी सिध्याइदिए त्यसैगरी कांग्रेस र कम्युनिष्टका नाममा जमिन्दारी चलाएर असुल गरी खानेलाई जेलमा हालेर श्रम गराउने बहादुर जन्मनुपर्छ अब ।

अहिले क्रियाशील सदस्य नवीकरण नै गर्न चाहेका छैनन् धेरैले । नेता हुने रहर धेरैलाई होला तर पानीको मुहानै सुकेका कुवामा पानी ल्याउने कहाँबाट ? एमाले र नेपाली कांग्रेस आज थारिएको छ भने भोलि त यो बाँझिने नै लक्षण देखिन्छ ।

नेपाली कांग्रेसका महामन्त्रीहरूले पनि मुखले अनेकौं मिठागुलिया कुरा गरे पनि र साहस देखाए पनि कुडाकर्कट फाल्ने योजनासम्म बनाउन सकेको भने देखिएन । आज पनि बुढो साँढे मनपरी गरिरहेकै देख्छु । तरुण दलमा टीकेहरू आए । नेविसंघ अहिले पनि असरल्लको असरल्लै छ । बैंसमा काम दिएका कोरली खोजी खोजी साँढेले सुविधामा पुर्‍याएको देख्दा तर्तरी र्‍याल काढेर पछि लाग्नुबाहेक नेपाली कांग्रेसमा भएका तरुणको अर्को कुनै कारगर क्रियाकलाप देखिएको छैन । प्रतिवर्ष नेपाली युवक श्रमबजारमा २० लाख पुग्छन् । युवकलाई चुनावको अवसर नदिएपछि यिनको ताबेदारी गर्न कोही किन आउने ?

अहिले क्रियाशील सदस्य नवीकरण नै गर्न चाहेका छैनन् धेरैले । नेता हुने रहर धेरैलाई होला तर पानीको मुहानै सुकेका कुवामा पानी ल्याउने कहाँबाट ? एमाले र नेपाली कांग्रेस आज थारिएको छ भने भोलि त यो बाँझिने नै लक्षण देखिन्छ । समय बितेको औषधि खाएर बिरामी निको हुँदैन सदाका लागि बिदा लिन सक्छ । भ्रातृसंगठन, शुभेच्छुक संगठन, पेशाव्यवसायी संगठनको चुनाव नगरी टिके व्यक्तिका भरमा मान्छे जमिन्दार मानेर कुर्नेस गर्न को आइदिने ? नेकाका नेतृत्वको निकम्मापना र नेकपा एमालेका नेतृत्वको भस्मासुरे प्रवृत्तिले नेपाली जनताले लामो संघर्ष गरेर ल्याएको बहुदलीय राजनीतिक पद्धतिलाई नै अफापसिद्ध गराउने स्थिति दिनप्रतिदिन ज्युँदोजाग्दो बनेर आएको देखिन थालेको छ ।

मुखमा रामराम बगलीमा छुरी बोकेर अरू धेरै साना दल यिनकै निकम्मा र भस्मासुरे प्रवृत्तिका विरुद्ध लाम लागेर आएका छन् । मौका पर्नासाथ ती प्रतिक्रियावादीले यो व्यवस्थामाथि नै प्रहार गर्नेछन् । सत्तामा बसेर सत्ता जोगाउन किथ्रा, फट्याङ्ग्राको मोर्चा बनाउनेको पनि त कमी देखिएन नि । यो देशका जिम्मेवारको गैरजिम्मेवारीको पनि बखान गरी साध्य छैन । नागरिकता नै नभएको मान्छे चुनाव जितेर आउँछ निर्वान आयोग गुड्डी हाँकेर बस्छ । चटकेलाई सत्तालिप्साका कारण उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय दिइन्छ । सर्वोच्चले निर्णय गरेपछि पनि उपप्रधानमन्त्री दिने प्रधानमन्त्री लज्जाबोधका बदला गौरव बोध गरेर डुक्रन्छन् ।

अनुशासनका नाममा कसैलाई निर्विवेकी तानाशाह बनाउने र उदासीन बनेर मासु र रक्सीमा आफूलाई बेच्ने देश र जनताका निमित्त ती दुवै अपराधी हुन् । पहिलो ज्ञान अपराधी हो भने दोस्रो विवशतापराधी हो । समाजले सके र हिम्मत भए दलका साँढेसँगै दलका झोले र रक्सी, मासु अनि पैसामा मत बेच्ने सबै दण्डनीय ठानेर कारबाही गरे हुन्छ । यसरी हेर्दा एमालेका धेरै विवेकहीन नेताका पछि लाग्ने र नेपाली कांग्रेसका पनि नेता भएका र हुन खोज्नेका ज्यादती सहने सबै दण्डनीय छन् । अपराध गर्नेभन्दा अपराध सहने ठूलो अपराधी हो पनि त भनिन्छ नि ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?