मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायका रुपमा बुझ्नुपर्छ : ईश्वर पोखरेल

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रुपमा बुझ्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा मनमोहन अधिकारीको २५ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्व. नेता अधिकारी अनेक उत्तारचढावहरु भएपनि कहिले पनि खण्डित नभएको बताउनु भयो ।

उहाँले शासन सत्तामा रहँदा मात्रै नभइ स्व. नेता अधिकारी प्रतिकुल अवस्थामा समेत स्थिर रहनुभएको बताउनु भयो । उहाँले कम्युनिष्ट आन्दोलन भित्र देखापर्ने कुनैपनि अतिवादमामा स्व. अधिकारी नरहनुभएको बताउनु भयो । उहाँले स्वभाव र विचारमा नरम देखिएपनि देब्रे वा दाहिने विचार र प्रवृत्तिको बिरोधमा रहनुभएको बताउनु भयो । उहाँले अहिलेको कम्युनिष्ट आन्दोलनमा लागेका विद्यार्थीहरुले मनमोहन अधिकारीको सादगीपूर्ण जीवनीको बारेमा जान्न आवश्यक बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मनमोहन अधिकारीलाई हामीले कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रुपमा पनि बुझ्नुपर्दछ । उहाँ अनेक उत्तारचढावहरु भए तर कहिले पनि खण्डित हुनु भएन । कहिले पनि विश्रृंखलित हुनु भएन । उहाँ कम्युनिष्ट आन्दोलनभित्रको निरन्तरताको पर्यायको रुमपा रहनुभएको छ । उहाँ शासन सत्तामा रहँदा मात्रै होइन, अत्यन्त प्रतिकुल अवस्थामा समेत पनि रहनुभयो । त्यसकारले हामी मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको अर्को नामका रुपमा लिने गर्दछौँ । कम्युनिष्ट आन्दोलन भित्र देखापर्ने कुनैपनि अतिवादमा उहाँ रहनुभएन । उहाँ यो स्वभावमा नरम देखिएपनि, विचारमा नरम देखिएपनि, देब्रे वा दाहिने विचार र प्रवृत्तिको बिरोधमा रहनु भयो । उहाँ कहिले पनि त्यो व्यवहारप्रति सहमति हुनुभएन । अहिलेको कम्युनिष्ट आन्दोलनमा लागेका विद्यार्थीहरुले मनमोहन अधिकारीको सादगीपूर्ण जीवनीको बारेमा जान्नुपर्छ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले स्व. मनमोहन अधिकारी भूराजनीतिक संवेदनशिलताप्रति गम्भीर रहनुभएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?