काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालमा दलतन्त्र हाबी भएको भन्दै बदल्न जरुरी रहेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा साह नेतृत्वको आम जनता पार्टी (आजपा) र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जन एकता पार्टीबीच भएको एकता सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले दलतन्त्रले जनतालाई ठगिरहेको आरोप लगाउनु भयो । उहाँले नेपालको दलतन्त्रको शासनप्रणाली परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले दलीय शासन प्रणाली नेपालका लागि राम्रो नहुने बताउनु भयो । उहाँले देशमा मुठिभर मान्छेहरुले राज गर्ने र बाँकी जनता शासित भएर हेर्नुपर्ने स्थिति रहेको भन्दै आफूहरुको आन्दोलन जनताले नै शासन गर्न पाउनुपर्नेका लागि रहेको बताउनु भयो । उहाँले अहिलेको प्रणाली भनेको लोकतान्त्रिक प्रणाली नभएको जिकिर गर्नुभयो । उहाँले जनतालाई दबाउने, जनतालाई ठग्ने प्रणाली लोकतन्त्र हुन नसक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले जुन दलतन्त्र र यो गलत मानिसहरुले नकाव बनाएर जनतालाई ठगिरहेका छन् । त्यसलाई चिर्न जरुरी छ । त्यसलाई बदल्न जरुरी छ । नेपालको यो शासन प्रणाली, जसलाई हामी दलतन्त्र भन्छौँ, पार्टीको शासन भन्छौँ, यसको विकल्प दिन जरुरी छ । पार्टी, पार्टीको दलीय शासन प्रणाली, पार्टीको सिन्डिकेट र पार्टी भित्र पनि निश्चित गुटको सिन्डिकेट छ । गुटका नेताहरु र उनीहरुका आसेपासेले देशमा मुठिभर मान्छेहरुले राज गर्ने र बाँकी जनता शासित भएर हेर्नुपर्ने स्थिति छ । यसलाई हामी तोड्न चाहन्छाैँ । यसको अन्त्य गर्न चाहन्छाैँ । यो प्रणाली हामी बदल्न चाहन्छाैँ । यही प्रणालीमा तपाईं, हाम्रो पार्टी रह्यो भनेपनि हामी पनि त्यस्तै बन्ने हो । त्यसैले हामी कुनै व्यक्ति, कुनै पार्टी होइन, प्रणाली बदल्न चाहन्छाैँ । अहिलेको प्रणाली भनेको लोकतान्त्रिक प्रणाली होइन । जनतालाई दबाउने, जनतालाई ठग्ने, सिस्टम देखिरहेका छाैँ ।’
अध्यक्ष साहले बेइमानी राजनीतिलाई इमान्दार बनाउने काममा आफू लागेको बताउनु भयो । उहाँले मतदातालाई देखाएको सपना निर्वाचित व्यक्तिले पूरा गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले आफ्नो दलले वैशाख २० गतेदेखि भन्सार विभाग घेराउ गर्ने पनि चेतावनी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच