म्यानचेस्टरलाई कारवाओ कपको उपाधि

Read Time = 2 mins

लण्डन । म्यानचेस्टर युनाइटेड कारवाओ कपको च्याम्पियन बनेको छ । प्रिमियर लिगमा प्रतिद्वन्द्वी न्युक्यासल युनाइटेडलाई दुई-शून्यले पराजित गर्दै युनाइटेड च्याम्पियन बनेको हो । युनाइटेडलाई च्याम्पियन बनाउन क्यासमिरोले गोल गर्नुभएको थियो भने एक गोल आत्मघाती उपहार मिलेको थियो ।

३३औँ मिनेटमा क्यासमिरोले लुका साको फ्रिकिकमा हेडरमार्फत् सानदार गोल गर्न गर्नुभएको थियो । ३९औँ मिनेटमा स्भेन बोटम्यानले आत्मघाती गोल गर्नुभएपछि युनाइटेड दुई-शून्यले विजयी बन्यो । प्रशिक्षक एरिक टेन हृयागको प्रशिक्षणमा युनाइटेडले पहिलो उपाधि जित्न सफल भएको हो ।

यता, इटालियन सिरी ‘ए’ मा एसी मिलानले एटलान्टालाई दुई-शून्यले पराजित गर्‍यो । मिलानको जितमा जुनियर मेसिएसले गोल गर्दा एक गोल उपहार पाएको थियो । खेलको २६औँ मिनेटमा आत्मघाती गोलबाट मिलानले खेलमा अग्रता बनायो । जुआन मुसोले आत्मघाती गोल गर्नुभएको थियो ।
यस जितले मिलान २४ खेलबाट ४७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित एटलान्टा ४१ अंक जोडेर छैटौँ स्थानमा छ ।

अर्काे खेलमा इन्टर मिलान घरेलु टोली बोलोग्नासँग एक-शून्यले स्तब्ध बनेको छ । इन्टरलाई स्तब्ध पार्न रिकार्डाे ओर्साेलिनीले ७६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

यस जितले बोलोग्ना २४ खेलबाट ३५ अंक जोडेर सातौँ स्थानमा उक्लन सफल भएको छ । पराजित इन्टर मिलान २४ खेलबाट ४७ अंक जोडेर दोस्रो स्थानमा छ । समान ४७ अंक रहे पनि मिलान गोल अन्तरमा पछि छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?