काठमाडौं । किंग्स लाउन्ज काठमाडौंले पलेशा गोवद्र्धन र प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गरेको छ । किंग्स लाउन्ज काठमाडौंका अध्यक्ष रामचन्द्र श्रेष्ठ र सिइओ तथा लाउन्जका डाइरेक्टर कुमार गुरुङले पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धन र उहाँका प्रशिक्षक कविराज नेगी लामालाई सम्मानपत्रद्वारा सम्मान गर्नुभएको छ ।
चीनको ताइवानमा गत चैत ४ गते आयोजना भएको एसियाली छनोटमा स्वर्ण पदक जित्दै पलेशा गोवद्र्धन पेरिस २०२४ पारालिम्पिकका लागि छनोट हुनुभएको थियो । पलेसा छनोट चरण पार गरेर पारालिम्पिक खेल्न लागेकी पहिलो नेपाली खेलाडी हुनुहुन्छ । गत असोजमा चीनको हाङचाओमा सम्पन्न चौथो एसियाली पारा खेलकुदमा पनि पलेशाले ऐतिहासिक कांस्य पदक जित्नुभएको थियो । सन् २०२१ मा बहराइनमा सम्पन्न भएको युथ एसियन गेम्समा पलेशाले ऐतिहासिक स्वर्ण पदक र सन् २०१८ मा भियतनाममा सम्पन्न भएको एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जित्नुभएको थियो ।
यसअघि सन् २०२० मा भएको टोकियो पारालिम्पिकमा पलेशाले दुई खेल जित्नुभएको थियो । ओलम्पिकमा दुई खेल जित्ने उहाँ पहिलो नेपाली खेलाडी पनि हो ।
कविराजले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । उहाँको प्रशिक्षणमा नेपालले अहिलेसम्म १० वटा अन्तर्राष्ट्रिय पदक जितिसकेको छ । जसमा तीन स्वर्ण, दुई रजत र पाँच कांस्य छन् । नेगीले पलेशालाई सन् २०१६ देखि प्रशिक्षण गराउँदै आउनुभएको छ ।
किंग्स लाउन्ज काठमाडौंले विगत लामो समयदेखि विभिन्न खेल क्षेत्रका खेलाडीहरूलाई सहयोग गर्दै आएको छ । किंग्स लाउन्ज काठमाडौंका सम्पूर्ण परिवारले पलेशा गोवद्र्धनलाई आगामी फ्रान्समा हुने पेरिस २०२४ पाराओलम्पिक खेलका लागि शुभकामना व्यक्त गरे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच